बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपाली काँग्रेस दैलेखको सभापतिमा पौडेल समूहका मणिराम रेग्मी

आइतबार, १२ मङ्सिर २०७८, १९ : ३१
आइतबार, १२ मङ्सिर २०७८

नेपाली काँग्रेस दैलेखको पार्टी सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका मणिराम रेग्मी विजयी भएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका घनश्याम भण्डारीलाई ३७ मतको अन्तरले पराजित गर्दै सभापति बनेका हुन् ।

खसेका जम्मा मत मध्ये रेग्मीले ७९१ मत प्राप्त गरेका थिए भने भण्डारीले ७५४ मत प्राप्त गरेका छन् । दैलेख यसअघिदेखि नै पौडेल समूहको पकड क्षेत्र हो । यो पटक पनि दैलेखमा पौडेल समूहले आफ्नो गढ भत्कन दिएन । कर्णालीका अन्य जिल्लामा देउवा पक्षले पौडेल पक्षको गढ भत्काउँदै आए पनि दैलेखमा देउवा पक्ष पराजित हुन पुग्यो । रेग्मीका प्रतिद्वन्द्वी भण्डारी दुल्लु नगरपालिकाका मेयर समेत हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप