शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि एक घण्टा पछि सर्‍यो एमाले बन्दसत्र

आइतबार, १२ मङ्सिर २०७८, १९ : २४
आइतबार, १२ मङ्सिर २०७८

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिन बन्दसत्र अझै सुरु हुन सकेको छैन । साँझ ७ बजे बन्दसत्र सुरु हुने भनिए पनि पछिल्लो समयमा आएर एक घण्टा पर सारिएको छ । एमाले नेता युवराज ज्ञवालीका अनुसार अध्यक्ष मण्डलको बैठक बस्ने भएकाले बन्दसत्र एक घण्टा पर सारिएको हो ।

अध्यक्ष मण्डलको बैठकपछि बन्दसत्र सुरु हुने उनले बताए । अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ३०१ जनाको सूची पेस गरिनेछ । ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट चयन हुने केन्द्रीय कमिटीका पदाधिकारीसहित ३०१ सदस्यीय सूची तयार पारेका छन् । अध्यक्ष मण्डलको बैठकले उक्त सूची अनुमोदन गरेपछि बन्द सत्रमा लगिने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप