निर्वाचनमा गए पार्टीमा भीम रावल एक्लै : तामाङ

नेकपा एमालेको १० औँ महाधिवेशन निर्वाचन प्रक्रियामा गए उपाध्यक्ष भीम रावल पार्टीमा एक्लै पर्ने शेरबहादुर तामाङले बताएका छन् । महाधिवेशनस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै तामाङले भीम रावल सहमतिमा नआए ध्वनि मतले ५ मिनेटमा बन्दसत्र टुंगाउने बताए ।
उनले भने, '७ बजेबाट बन्दसत्र सुरु गर्ने तयारी छ । सहमति भएर आए नामावली वाचन गरेर बन्दसत्र सकिन्छ । भीम रावलजी सहमतिमा आउनुभएन भने ध्वनि मतको आधारमा हात उठाएर ५ मिनेटमा बैठक टुङ्ग्याइन्छ । निर्वाचन प्रक्रियामा गए पार्टीमा भीम रावल एक्लै हुने हो । ठुस्किएर बसे पार्टीमा एक्लै हुने हो ।' फरक प्रसङ्गमा उपाध्यक्ष भीम रावलसँग छलफल किन नगरेको भन्ने प्रश्नमा तामाङले भने – अहिले पार्टीमा भीम रावलजी पनि प्रतिनिधि हो शेरबहादुर तामाङ पनि प्रतिनिधि हो । दुवै समान १–१ भोट हो । छलफल भएन भन्नु सामान्य कुरा हो ।
धाँधलीको सङ्केत : भीम रावल
यता नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दिनभर बैठक नगरी प्रतिनिधिहरूलाई अलपत्र पारेकोमा आपत्ति जनाएका छन् । त्यस्तै संस्थागत छलफल नगरी राति बैठक बोलाउनु धाँधलीको सङ्केत भएको पनि जिकिर गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन् – दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको सङ्केत पनि हो। यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
-
डेङ्गु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
-
पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षा गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत : परराष्ट्र मन्त्रालय
-
असारभित्र ८ वर्ष पुराना मुद्दा शून्य बनाउने लक्ष्यमा सफलता हासिल हुँदैछ : प्रधानन्यायाधीश
-
प्रेस युनियनको आयोजनामा शनिबारदेखि ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने