बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओमिक्रोन भेरियन्टका जोखिम : नेपाललाई पूर्वतयारी गर्न विश्व स्वास्थ्य संगठन आग्रह

आइतबार, १२ मङ्सिर २०७८, १८ : ३३
आइतबार, १२ मङ्सिर २०७८

विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) कोरोनाभाइरस (कोभिड–१९)  नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपालसहित दक्षिण पूर्वी एसियाका देशहरूलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।

डब्यूचओले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । डब्ल्यूएचओका दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले ओमिक्रोन भेरियन्ट जोखिमपूर्ण रहेको भन्दै सामाजिक दुरी, मास्क अनिवार्य, खोप अभियान प्रभावकारी रूपमा सञ्चालनका कार्यलाई उच्च प्राथमिकता दिन आग्रह गरेकी छन् ।

​दक्षिण पूर्वी एसियामाका अधिकांश क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या वर्तमान समयमा कम देखिए पनि  विश्वका केही देशमा नयाँ भेरियन्ट देखिएकोले जोखिम हटिनसकेको क्षेत्रीय निर्देशक सिंहले विज्ञप्तिमार्फत बताएकी हुन् ।

यस्तै डब्ल्यूएचओले सर्भेलेन्स  र सिक्वेन्सिङलाई प्राथमिकता दिन समेत आग्रह गरेको छ । नेपालमा हाल सङ्क्रमण दर कम भए पनि नयाँ भेरियन्टले ठूलो असर पार्न सक्ने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ । अहिलेसम्म दक्षिण पूर्वी एसियामा ३१ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने  २१ प्रतिशतले कम्तीमा पहिलो मात्रा  खोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप