बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सर्लाहीमा काँग्रेसको वडा अधिवेशनको छलफलमा गोली चल्यो

आइतबार, १२ मङ्सिर २०७८, १८ : ३१
आइतबार, १२ मङ्सिर २०७८

सर्लाहीमा नेपाली काँग्रेसको वडा अधिवेशनको क्रममा विवाद हुँदा गोली चलेको छ । सर्लाहीको बलरामा काँग्रेसको वडा अधिवेशनमा विवाद हुँदा गोली चलेपछि बलरा नगरपालिकाका २ वटा वडाको अधिवेशन रोकिएको छ । 

बलरा नगरपालिका वडा नम्बर ९ स्थित अचलगढमा वडा अधिवेशनका लागि डाकिएको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह पुगेका थिए । उनले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि मन्त्री सिंहका अंगरक्षकले हवाई फायर नै गर्नुपरेको थिए । प्रहरीले  अहिले स्थिति नियन्त्रणमा लिइसकेको जनाइएको छ । अहिले बलराको अवस्था सामान्य भइसकेको सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । विवादका कारण बलराको ८ र ९ नम्बर वडामा काँग्रेसको वडा अधिवेशन रोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप