तरलता व्यवस्थापन गर्ने गरी मौद्रिक नीतिको समीक्षा
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीतिको समीक्षा तरलता व्यवस्थापन गर्ने गरी आएको बताएका छन् । आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता ढकालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा कर्जा प्रवाह अत्यधिक, आयात र निर्यात समेत अत्यधिक रूपमा बढेकाले बजारमा तरलताको अभाव भएको बताएका हुन् ।
उनले अहिले तरलताको कहाँबाट सुरु भयो भन्ने मुख्य विषय बनेकाले बताए । अहिले बैंक तथा वित्तीय संस्थाहरूले आफूसँग भएको साधन स्रोत भन्दा बढी कर्जा प्रवाह गरेकाले बजारमा तरलताको असर सिर्जना भएको प्रवक्ता ढकालेले उल्लेख गरे । उनले पछिल्लो चार महिनाको तथ्याङ्क हेर्दा निर्यात र आयात दुवै उल्लेखनीय रूपमा बढ्दा हामीसँग भएको रकम सबै आयातको भुक्तानी गरिरहेको बताए ।
उनले भने,‘ नेपाल फर्म तथा कम्पनीहरूले विदेशबाट ऋण ल्याउनको लागि बैंक ग्यारेन्टी गर्न सक्ने व्यवस्था,एनआरएनले नेपालमा बैंक खाता खोल्न सहजीकरण गर्ने व्यवस्था गरिएको छ । आयातलाई निरुत्साहित गर्ने गरी छनोटमा परेका बस्तु तथा सेवाको आयातमा निरुत्साहन गर्ने व्यवस्था गरिएको छ । यसले गर्दा नेपाल विदेशी मुद्राको निक्षेप बढ्न सक्छ । अहिलेको आयातमा रोक लगाउँदा नेपालमा भएको विदेशी मुद्रा बाहिर नजाँदा तरलतामा व्यवस्थापनमा सहज बनाउन सहयोग हुने राष्ट्र बैंकको अपेक्षा छ ।
ढकालले तरलतालाई सहज बनाउनको लागि बजारमा आवश्यक गर्ने रकम राष्ट्र बैंकले बेलाबेलामा आवश्यक टुलहरू मार्फत तरलता सहजीकरण गरिरहेको पनि बताए । यो चार महिनामा १७ खर्ब ९६ अर्ब रुपैयाँ रिपो जारी गरेको उनले जानकारी दिए । उनले अब सधैँभरी यसरी राष्ट्र बैंकले सहजीकरण गर्नुपर्ने अवस्था नआउने बताए । त्यस्तै, ढकालले अब कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय क्षेत्रले पनि संयमयता अपनाउनु पर्ने बताए ।
उनले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा उत्पादन, रोजगारी र आर्थिक वृद्धि गर्ने क्षेत्रमा मात्रै गर्नु पर्ने जिकिर गरे । बैङ्कहरूले कर्जालाई व्यवस्थित गर्न सकेमा मात्रै समग्र अर्थतन्त्रमा राम्रो हुने बताए । उनले यस्तो गर्दा समग्र बैंकिङ क्षेत्र केन्द्रिय बैक दुवै मिले मात्रै तरलता अभावलाई सहजता पार्न सक्ने उल्लेख गरे । त्यस्तै,प्रवक्ता ढकालले मौद्रिक नीतिको समीक्षाले बैंक तथा वित्तीय संस्थाको लागि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) व्यवस्थामा केही लचकता अपनाएको बताए । प्रवक्ता ढकालले सीडी रेसियो ९० प्रतिशत कायम गर्ने कार्ययोजना बनाउने जिम्मा बैंक तथा वित्तीय संस्थालाई छाडिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान