बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाघको आक्रमणबाट नवलपरासीमा एकको मृत्यु

आइतबार, १२ मङ्सिर २०७८, १८ : १७
आइतबार, १२ मङ्सिर २०७८

पोखरा । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका –१ घुम्टीका जितबहादुर विकको बाघको आक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घरबाट निस्किएका विक साँझसम्म पनि घर नफर्किएको भन्ने प्रहरीमा खबर गरिएपछि प्रहरी टोलीले खोजी गर्ने क्रममा उनी मृत अवस्थामा भेटिएका थिए । प्रहरी र स्थानीयसहितको टोलीले खोजी गर्ने क्रममा विनयी सामुदायिक बनमा बाघले आक्रमण गरी शरीरको केही भाग खाएको अवस्थामा विकको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप