एमाले महाधिवेशन : साँझ ७ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी
आइतबार, १२ मङ्सिर २०७८, १७ : २२

नेकपा एमालेको दशौं महाधिवेशनको तेस्रो दिन आइतबार बन्दसत्र सुरु हुन सकेको छैन । बिहानैदेखि सहमतिको प्रयासका लागि भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू बसेकै होटलमा पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेका कारण बन्दसत्र सुरु हुन नसकेको हो ।
अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्ने पहल गरेका हुन् । दिनभर विभिन्न नेतासँग छलफलमा व्यस्त रहेका ओलीले सहमतिमै नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय समिति सदस्यको सूचीसमेत तयार पारिसकेको बताइएको छ ।
पछिल्लो समय सोही सूचीमा आधारित रहेर छलफल भइरहेको स्रोतको भनाइ छ । छलफल सकेर साँझ ७ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी भइरहेको बताइएको छ । ओली निकट नेता गोकुल बाँस्कोटाले पनि ७ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी भएको रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
-
ज्ञानेन्द्रलाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला फैलिएपछि...
-
महोत्तरीमा सम्पन्न राहत शिक्षकहरूको भेलाले के-के गर्यो निर्णय ?
-
नबिल बैङ्कको बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज सुरू
-
बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र