बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले : अझै ओझेलमा छ एजेण्डा

आइतबार, १२ मङ्सिर २०७८, १७ : ११
आइतबार, १२ मङ्सिर २०७८

जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद नेपाली मार्क्सवाद हो । जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्नुपर्छ भन्ने मूल मान्यता बोकेको यस पार्टीले आर्थिक नैतिकलगायत सबै खालको इमान्दारिताको अपेक्षालाई सर्वोपरि मान्छ । त्यसैले भण्डारीले आर्थिक, भौतिक तथा नैतिक दुरुपयोग र अपचलन गर्ने अवसर पाएर पनि इमान्दार  र चोखो हुनु ठूलो कुरा हो भन्नुभएको छ ।

जबजअनुसार संघ, प्रदेश र स्थानीय निकायमा नेतृत्व गर्दा एमाले नेता र कार्यकर्ताले आफूलाई इमान्दार रुपमा देश र जनताको सेवा गर्नुपर्छ । त्यसैले, मार्क्सवाद र जबजअनुसार नेताको आचार, आचरण, व्यवहार र जीवनशैली हुनुपर्छ भन्ने कुरामा जननेता भण्डारीको विशेष जोड थियो । र, जबजको अत्यन्त महत्वपूर्ण पक्ष नै यही हो  । यो भनेको समग्रतामा सांस्कृतिक रुपान्तरणको प्रश्न हो ।  यो प्रश्न  र विषयलाई केन्द्रीकृत गरेर आर्थिक र  भौतिक रुपान्तरण विषयसित जोड्नु अपरिहार्य देखिन्छ । त्यसो गरिएन भने संसदीय भासमा पार्टी भासिन बेर छैन ।

विसंगत तथा चरम विसंगत पात्र र प्रवृत्ति बोकेर देश र जनताको समृद्धि कुनै पनि हालतमा सम्भव हुँदैन । विसंगति त अहिले उठ्दैछ र जुट्दैछ । पार्टी स्थायी समितिको बैठकले मनोनयन गर्दा नै एकाध चरम विकृत चरित्र र चिन्तनलाई छनोट गरिएको पाइयो ।

युवाका नाममा महेश बस्नेतका अघिपछि हिँड्दैमा यत्रो अवसर दिइन्छ र पाइन्छ भने र यस्तो प्रवृत्ति मौलाउने हो भने पो पार्टी होइन, धर्मशाला हुनेछ । कतिपय नेतालाई यही सुझाव दिँदा पनि बदलाको भावना राख्छन् भने यिनले कसरी आफूलाई बदल्न सक्लान् ?

जननेता मदन भण्डारीले जबजमा जनताको श्रम, सीप र प्रतिभालाई  विकास निर्माणमा सञ्चालन गर्ने र प्रकृृतिक स्रोत सम्पदालाई राष्ट्रिय हितमा उपयोग गर्ने प्रगतिशील विकासको दिशा अबलम्बन गर्ने कुरा उल्लेख गरिएको छ । यसो गर्ने हो भने नेपाल एउटा सुन्दर, समृद्ध र सुखी देश बन्न सक्ने कुरामा कुनै शंका गर्नु नपर्ने स्पष्ट किटानी उल्लेख छ ।

आमजनतामा चेतनामूलक तथा जागरणमूलक सुधार अभियान र आन्दोलन चलाउँदै नकारलाई क्रमशः निस्तेज गर्ने र गराउने जबजको निर्देशनअनुसार पार्टीले काम गरेको छैन ।  यसअनुसार  चेत, चिन्तन र चरित्र सुधार गर्ने कुरामा पटक्क ध्यान नदिएपछि यस्तो चरित्रले देश र जनताको सेवाका खातिर काम गर्छ भनेर पत्याउन सकिन्न ।

तर, यसका लागि जबजले सामन्तवादी र साम्राज्यवादी शोषण समाप्त पार्ने काममा केन्द्रित हुनुपर्ने स्पष्ट उल्लेख छ । समृद्ध नेपाल र सुखी नेपाली जबजका आधारमा गरिएको अवधारणा हो । तर भण्डारी सांस्कृतिक रुपान्तरण जस्ता विषयलाई आर्थिक भौतिक रुपान्तरणसँग जोडेर एकसाथ सक्रिय गराउन चाहनु हुन्थ्यो । यो कुरा जबज र  उहाँको जीवनी र व्यक्तित्वबाट अवगत हुन्छ ।

जबजमा “...सामन्ती तथा साम्राज्यवादी साहित्य संस्कृतिका कुप्रभाव अन्त्य गरी सामाजिक कुरीति र अन्धविश्वास समाप्त पारी प्रगतिशील, राष्ट्रिय एवं जनवादी साहित्य संस्कृतिको विकास गरिने स्पष्ट उल्लेख छ ।

उपर्युक्त शब्दावलीमा रहेको संस्कृति शब्दले भौतिक र  आत्मिक वा  अभौतिक संस्कृतिलाई बुझाउँछ । आत्मिक संस्कृतिअन्तर्गत धर्म, अर्थ, राजनीति, साहित्य, कला, विचार, दर्शन आदि वैचारिक, संवेगात्मक, मनोवैज्ञानिक  क्षेत्रहरू पर्छन् ।  जबजले धर्म र धार्मिक क्षेत्रका  नकारहरूलाई अस्वीकार गर्ने तर सकारलाई स्वीकार गर्ने कुरा  गरेको छ । यसको अर्थ परम्परागत धर्म र संस्कृतिमा  रहेका नकार सबै परित्याग गर्ने र सकारलाई स्वीकार गर्ने भनेको हो ।

तर, आमजनतामा चेतनामूलक तथा जागरणमूलक सुधार अभियान र आन्दोलन चलाउँदै नकारलाई क्रमशः निस्तेज गर्ने र गराउने जबजको निर्देशनअनुसार पार्टीले काम गरेको छैन ।  यसअनुसार  चेत, चिन्तन र चरित्र सुधार गर्ने कुरामा पटक्क ध्यान नदिएपछि यस्तो चरित्रले देश र जनताको सेवाका खातिर काम गर्छ भनेर पत्याउन सकिन्न ।

आफैलाई परिवर्तन गर्न नसक्ने र नचाहनेले समाज कसरी परिवर्तन गर्न सक्छ ? यो कुरा सांस्कृतिक इन्चार्ज तथा पार्टी स्थायी समिति सदस्य मणि थापा र केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले महत्वका साथ उठान गरिरहेकै छन् ।  

पार्टी नेतृत्वमा माक्र्सवाद र जबजअनुसारको आचरण, जीवन शैली र व्यवहारमा परिवर्तन पहिलो  अपरिहार्य आवश्यकता हो । सामन्तवादी  तथा पूँजीवादी जीवन आदर्श र शैली अग्रगामी काम तथा कदमका लागि सबैभन्दा घातक हुन्छ ।  म, मेरो र  मलाई भन्ने चिन्तन निम्न पूँजीवादी चरित्र हो  । यो चरित्रले आफू र आफन्तको हित मात्र हेर्छ ।

सामन्ती तथा पूँजीवादी संस्कृतिको यो एउटा महत्वपूर्ण चिनारी हो ।  कार्लमार्क्सले भन्नु भएझैँ सामन्तवादी तथा पूँजीवादी शासक र शासन व्यवस्थाका विचार र संस्कृतिको प्रभाव नेता र बुद्धिजीवीमा गहिरो रुपमा परेको हुन्छ ।  राजनैतिक परिवर्तन भए पनि यस्तो प्रभाव हत्तपत्त हट्दैन । यसको अर्थ उपर्युक्त खालको सोच, विचार, आचार, आदर्श तथा जीवनशैली नै देश र जनताको समृद्धिको बाधक हुन्छ  । यसमा रुपान्तरण गर्न सांस्कृतिक रुपान्तरणको महाअभियान सञ्चालन गर्नु अपरिहार्य हुन्छ ।

मै खाउँ, मै लाऊँ र सबै अवसर आफैँ मात्र बाँचुन्जेल हत्याऊँ भन्ने भावना नै यसको उदाहरण हो । आफ्नो वर्ग र समुदायलाई उठाऊँ र योग्यताअनुसार समान अवसर दिऊँ भन्ने भावनाको अभाव नै यसको ज्वलन्त उदाहरण हो ।

अहिले एमालेको दशौँ महाधिवेशनमा नेता बन्ने अनावश्यक होडबाजी चलेको देखिन्छ । आफ्नो त्रिआयामिक क्षमता कति छ वा छैन, कतिपयलाई थाहै छैन । तर, पनि केन्द्रीय   उम्मेद्वार बन्न तँछाड मँछाड गरेको देखिन्छ । पार्टी आवद्धता र योगदानको विवरण प्रस्तुत गर्ने हो भने धेरैको हरिबिजोग देखिन्छ ।

पार्टीमा जरो, जग, मूल फेद, हाँगा र पातहरु हुन्छन् । जरा जीवित हुँदा कोही जागिरे कम्युनिस्टहरु मैँ हुँ जरा भनेर हौसिएर उम्मेद्वारी घोषणा गरिरहेको देख्दा छक्क पर्ने स्थिति उत्पन्न भएको देखिन्छ । कुनै नेता सुरुदेखि नै कम्युनिस्ट आन्दोलन उठाउन सचेततापूर्वक लागे र लागिपरेका छन् । कोही भने सुरुदेखि संगठित त भए तर पार्टी काम मूल काम बनेन । अनि, यत्तिकै भरमा माथि–माथि ताक्न अहिले नै सुहाउँदैन कि !

मनको मैलो साबुनले धोएर जाँदैन

सामन्तवादले जीवन, जगत् र यसको समग्र विकास प्रक्रियाका बारेमा चरम अन्धविश्वासी, भाग्यवादी र पुर्पुरोवादी पुराण, पठन, पाठन र व्याख्यान हजारबार गरेर आम श्रमजीवी जनतालाई आफ्नो स्वेच्छिक दास बनाएको देखिन्छ । त्यसैले, यो गणतन्त्रकालमा पनि सामन्तवादी धार्मिक सांस्कृतिक अवशेष नेताहरूमै पर्याप्त रूपमा पाइन्छ । मै खाउँ, मै लाऊँ र सबै अवसर आफैँ मात्र बाँचुन्जेल हत्याऊँ भन्ने भावना नै यसको उदाहरण हो । आफ्नो वर्ग र समुदायलाई उठाऊँ र योग्यताअनुसार समान अवसर दिऊँ भन्ने भावनाको अभाव नै यसको ज्वलन्त उदाहरण हो ।

धर्मबारे भ्रमित भएर नबसौं   

प्राकृतिक र दैवी विपत्तिको रहस्य नबुझेर आदिम मानवले यस्तो विपत् खडा गर्ने अदृश्य शक्ति वा ईश्वरको परिकल्पना गर्यो । समय क्रममा पछि शक्तिशाली कविला वा स्वामी वर्गले शक्ति र बलको प्रयोग गरेर शासन गरेपछि यही शक्तिलाई देव र देवी भन्न थाल्यो ।

 प्राकृतिक र देवी शक्तिले जस्तै शक्तिशाली शोषकले हामीलाई दुःख नदिओस् भने पूजा आराधना गर्न थाल्यो । यसैलाई आधार बनाएर सामन्त वर्गले आफूलाई द्यौताको अवतार भनी लेखाई हजार बार दुष्प्रचार गरी जनमनमा जब्बर बनाउँछ । यसमार्फत् सामन्ती  तथा पूँजीवादीले गरेका सबैखालका जन शोषण, अन्याय र अत्याचार पूर्वजन्मको कमाइ र दैवको लीला र भाग्यमै लेखिएको भनेर आम श्रमजीवी जनतालाई चित्त बुझाउन लगाइन्छ ।  

जब अध्यात्मलाई  वादसित जोडिन्छ, तब त्यो जीवन जगत् निर्माण र सञ्चालन प्रक्रियासित सम्बन्धित मेरुदण्ड ठहर्छ । यो मार्क्सवादको ठीक विपरीत दार्शनिक शब्दावली हुनजान्छ ।   । यसको अन्तर नछुटयाएर कतिपय  कम्युनिष्टहरू हैरान भएका देखिन्छन् । 

हिजोका दिनमा धर्म, देवी देवता, आत्मा, परमात्मा आदिको जे–जस्तो चरम रुढीगत तथा अन्धविश्वासी व्याख्या गरियो, त्यसैमा अहिले पनि भ्रमित भएर बस्न हुन्न  ।  नकारको नकार सिद्धान्त अनुसार धर्म, संस्कृति र जनम देखि मरण सम्मका संस्कार विधिहरुमा प्रगतिशील सुधारको वैचारिक तथा व्यावहारिक अभियान सुरु गनुर्् पर्छ । जबज अनुसार यसलाई व्यवस्थित गर्नुपर्छ ।

यस सम्बन्धमा नवीन र वस्तुगत व्याख्या, पुनव्र्याख्या  र विश्लेषणसहित अगाडि बढ्नुपर्छ । आप्येको संस्कृत शब्दकोशका अनुसार आत्माको  अर्थ जीव, देह, प्राण तŒव हो तर कतिपय  पूर्वजहरूले आत्मालाई परमात्मासित जोडिदिए र त्यसैमा समाज लामो समयदेखि अभ्यस्त बन्यो अनि त्यही प्रभावमा परेर आत्मा,अत्मिक,आत्मज आदि  भन्दा जातै जान्छ कि भनेझैँ गर्ने बाम उग्रवाद अहिले हाबी देखिन्छ ।

आत्मबाट निर्मित अध्यात्म शब्दले अन्तर्तह, आन्तरिक, आभ्यन्तरिक, मनोजगत्, मनः मानसिक क्रिया, भावना, हृदय आदि बोध गराउँछ ।  अनि अध्यात्मवादचाहिँ धार्मिक चरम  रुढीवाद हो । यसले जीवन जगत् निर्माण र विकासको मूल आधार मान्छ । जब अध्यात्मलाई  वादसित जोडिन्छ, तब त्यो जीवन जगत् निर्माण र सञ्चालन प्रक्रियासित सम्बन्धित मेरुदण्ड ठहर्छ । यो मार्क्सवादको ठीक विपरीत दार्शनिक शब्दावली हुनजान्छ ।   । यसको अन्तर नछुटयाएर कतिपय  कम्युनिष्टहरू हैरान भएका देखिन्छन् ।

तर,  वैदिक सनातन धर्म र संस्कृतिभित्र विद्यमान जीवनोपयोगी सभ्य र सव्य समाज निर्माणका कैयौँ सबालहरू नदेखी उग्रविरोध गर्नु पाखण्ड मात्र हो । त्यहाँ सर्वे भवन्तु सुखिनः छ,त्यहाँ बसुधैव कुटुम्बकम् छ त्यहाँ सेवा हि परमो धर्म पनि छ  ।  यो कुनै अविकसित,  अल्पविकसित र विकासशील देशलाई उपनिवेश र वा अर्ध उपनिवेश वा नव उपनिवेश बनाउन उद्यत धर्म र संस्कृति होइन  ।

धर्म, धार्मिक परम्परा, रीति, धर्म ग्रन्थहरू र तिनमा उल्लेख गरिएका देवी देवताका विषयमा पुनरव्याख्या,पुनः परिभाषा र पुनरावलोकन गर्नु अपरिहार्य देखिन्छ । ईश, ईश्वर र देवी तथा देवताका वास्तविक अर्थ समेतलाई भ्रमित पारिएको छ । यी सबै आफ्नो समय, समुदय र  भूगोलका अगुवा वा नायक नायिका हुन् ।

हेदौहेर्दै २५ सय वर्ष अघिका सिद्धार्थ गौतम बुद्ध भगवान् भए वा मानिए भने हामीले र हाम्रो समाजले देवी द्यौता मानिआएका ब्रम्हा, विष्णु, दुर्गा, युमा र सुम्निमा आदि सकल आराध्य देव देवीहरू मानवका पुर्खा हुन् । विकासवादी धारणाले जीवन जगतको उत्पत्तिसम्बन्धी सृष्टिवादी धारणा खण्डित गरिसकेको छ ।

धर्म भनेको सेवा, जिम्मेवारी र दायित्व हो । पानीको धर्म भिजाउनु भएजस्तै मानवको धर्म मानव जातिको सेवा र परोपकार हो ।  सामन्तवाद र पूँजीवादले आम श्रमजीवीहरुको शोषण दमन विरोधी आक्रोश र असन्तुष्टिलाई मनोवैज्ञानिक रुपमा निस्तेज पार्न भ्रमको खेती गरेको हो । यस भ्रमलाई हामी आफैँले आफूलाई मुक्त नगरेसम्म  हाम्रा कामहरु जनसेवामा उदासीन हुन्छन् ।

दिएर वा दिलाएर आफ्नो सरकार जनप्रिय  र लोकप्रिय बनाउन चाहन्छ । जनताको पार्टी  सरकारमा र सत्तामा भएपछि गर्नुपर्ने काम यही हो । तर, यही मात्र गरेर सरकार र सत्ता टिकाउन सकिन्न । सुख सुविधाको कुनै सीमा हुँदैन, यो असीमित हुन्छ ।

सामन्तवाद र यसका नायक राजा वा राजतन्त्रले केही अपवादबाहेक देश, जनता र जनजीविकाका सवालमा खासै केही काम गरेन र गर्दैन । तर आफू र आफ्नो वर्गलाई नै चरम शोषण र दोहन गर्ने त्यसकै चरम जनशोषणकारी सत्ता,  सरकार र  शक्तिको जनता जयगान गर्छन् ।  अझ यसकै संस्कृतिको रक्षार्थ मर्न र मिट्न तयार हुन्छन् ।

सन्तानलाई एक चम्ची घिउ दिन असाध्य लोभ गर्छन् । तर, सामन्तवादी चरम रुढीवादी धर्म र संस्कृतिको रक्षार्थ हर्पेका हर्पे  घिउ यज्ञमा होम्छन् । राजनैतिक परिवर्तनका कारण सामन्तवादी शाषन समाप्त भए पनि यसको अत्यन्त पछौटे धर्म र संस्कृतिलाई  जनता दृढ पक्षपोषण गरिरहन्छन् । यसको एउटै मात्र मूल कारण सामन्तवादी सत्ताअनुकूल अत्यन्त रुढीग्रस्त धार्मिक सांस्कृतिक विचार, मान्यता, रीति र परम्परा शदियौँ देखि सुमधुर शब्दशैली र गीत र संगीतका माध्यमबाट जनतालाई प्रभावित पार्नु हो । माक्र्स र माओले भनेझैँ पुरानै शासन र शासन व्यवस्थाको विचार र संस्कृति नजानिँदो रूपमा लामो समसम्म हावी हुनाले कम्युनिष्ट नेताहरूसमेत त्यसको कुप्रभावमा परेका हुन् । तर कम्युनिस्टहरू परिवर्तित शासन प्रणालीअनुसार धर्म संस्कृति, संस्कारको पुनर्निर्माणका सवालमा न्यून र शून्य  चेतका देखिन्छन् । अर्कोतिर पूँजीवादी तप्काको राजनीति, सरकार र सत्ताले पनि जीवन जगत्का बारेमा परम्परागत रुढीग्रस्त धारणाहरू आमजनतामा प्रवाहित गर्छ भने अर्कातिर अश्लील, अराजक, अग्रगामी चिन्तन  विरोधी  तथा जीवन निरपेक्ष संस्कृतिको  सुविचारित रुपमा प्रवाह गर्छ र  आमजनतालाई भ्रमको भुमरीमा पार्छ र दीर्घ  शासन गर्छ । तर कम्युनिस्टहरू भने अथवा नेपालका सन्दर्भमा नेकपा एमालेलगायत पार्टी र नेताहरू  जनताको आर्थिक र  भौतिकलगायत प्रायः सबै क्षेत्रमा  सरसुविधा

दिएर वा दिलाएर आफ्नो सरकार जनप्रिय  र लोकप्रिय बनाउन चाहन्छ । जनताको पार्टी  सरकारमा र सत्तामा भएपछि गर्नुपर्ने काम यही हो । तर, यही मात्र गरेर सरकार र सत्ता टिकाउन सकिन्न । सुख सुविधाको कुनै सीमा हुँदैन, यो असीमित हुन्छ ।

समाजवादी शासन प्रणाली भएको तत्कालीन सोभियत संघमा सामाजवादी सत्ताले  देश, जनता र जनजीविकाको हितका महत्वपूर्ण काम गरेकै हो । तर त्यही जनताको हित गर्ने शासन सत्ता वा समाजवादमाथि साम्राज्यवादी हमला हुँदा रुसी जनता विरोध स्वरुप सडकमा आएनन् ।

पश्चिम बङ्गालमा भाकपा पार्टीले तीन दशकभन्दा बढी शासन गर्यो । आम श्रमजीवी जनताका आर्थिक भौतिकलगायत आधारभूत समस्या समाधान नगरी त्यतिका वर्ष  शासन गरेको अवश्य होइन । काम गर्दा कमजोरी पनि भए होलान् । तर, त्यहाँ पनि सरकार र सत्ता अनुसारको प्रगतिशील धर्म, संस्कृति र संस्कार विधि निर्माण र विकास गर्ने कुरामा ध्यान गएन । किनभने सरकारले गरेका जनप्रिय काम पनि जनमनमा बारबार प्रवाह गर्नुपर्छ । यसो भयो भने जनपक्षीय सत्ता र सरकारका पक्षमा  स्वेच्छिक रुपमा प्रतिवाद गर्नेछन्  ।

त्यसैले, काम सँगै कामका विषयमा विभिन्न रचनात्मक सिर्जनात्मक तथा प्रचारात्मक काम गरिरहनुपर्छ । र, यसको प्रभाव आमजनताको मन मस्तिष्कमा पारिरहनुपर्छ । आर्थिक, भौतिक वा लत्ता र भत्ता मात्र बढाएर जनता आफ्ना पक्षमा धेरै दिन रहन्छन् भन्ने भ्रममा परेर हुँदैन । संस्कृति, संस्कार र यसको रुपान्तरण जस्ता विषय जनताका बीचमा जबसम्म  प्रवाह गरिन्न, जनताको सरकारले गरेका महत्त्वपूर्ण काम र कदमलाई ओझेल पार्न उसले सुरु गरेका कामहरू उल्ट्याउन र भ्रम सिर्जना गर्न  विपक्षी हरदम लागि परिरहन्छ ।

(डा. पोखरेल नेकपा एमालेका प्राज्ञिक नेता हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप