शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा तीनवटा मोटरसाइकल ठोक्किए, चालकको मृत्यु

आइतबार, १२ मङ्सिर २०७८, १७ : ००
आइतबार, १२ मङ्सिर २०७८

कपिलवस्तुमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा विजयनगर ६ खजहानी डिहवा बस्ने अन्दाजी २५ वर्षीय वंशीलाल चौहानको मृत्यु भएको हो ।  

जिल्लाको विजयनगर ६ फरेनी चोकमा उत्तरबाट दक्षिणतर्फ जाने क्रममा ३ मोटरसाइकल एकआपसमा ठोकिएका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मोटरसाइकल ठोक्किँदा दुर्घटनाबाट २ जना घाइते भएका छन् । उनीहरुको चन्द्रौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ ।

ठोक्किएका  लु १३ प ३०९८ र लु ३४ प ७०५४ को मोटरसाइकल प्रहरीले नियन्त्रण लिएको छ । अर्का एक व्यक्ति मोटरसाइकल लिएर फरार भएका छन् । प्रहरीले फरार चालकको खोजी गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप