शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : कञ्चनपुर सभापतिमा पदम बोगटी निर्वाचित

आइतबार, १२ मङ्सिर २०७८, १६ : ४१
आइतबार, १२ मङ्सिर २०७८

नेपाली काँग्रेस कञ्चनपुर जिल्ला सभापतिमा पदम बोगटी विजयी भएका छन् । उनले बहादुर थापालाई ९१ मतले पराजित गरेका हुन् । बोगटीले ८०६ मत ल्याउँदा थापाले ७१५ मत प्राप्त गरे । यस्तै, उपसभापतिमा मिनबहादुर सिंह र हरिचन्द्र राना विजयी भएका छन् । सिंहले ७८६ मत ल्याए भने रानाले ७६३ मत ल्याए ।

यसैगरी सचिवमा भीमराज भट्ट र हेमराज ओझा विजयी भएका छन् । भट्टले ७२९ मत ल्याए भने ओझाले ७३० मत ल्याएका छन् । सहसचिवमा नाफू सिंह साउद र पुष्कल चौधरी विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप