शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दाङ काँग्रेसको सभापतिमा डाँगी निर्वाचित

आइतबार, १२ मङ्सिर २०७८, १६ : २१
आइतबार, १२ मङ्सिर २०७८

नेपाली काँग्रेस दाङको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् । आइतबार डाँगी सभापतिमा निर्वाचित भएका हुन् । डाँगी रामचन्द्र पौडेल पक्षका मानिन्छन् । दाङमा सभापति पदका ४ उमेदवार रहेका थिए ।

शनिबार भएको मतदानबाट कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि  धेरै मत ल्याउने २ जनामा आइतबार मतदान हुने कार्यक्रम तय भएको थियो । तर शंकरलाई समर्थन गरेका भुपबहादुर डाँगीले उम्मेदवारी फिर्ता लिएपछि उनी सभापतिमा निर्वाचित भएका हुन् । 

हिजो भएको मतदानमा सभापतिका उम्मेदवारहरु शंकरप्रसाद डाँगीले ७ सय ७६, भुुपबहादुर डाँगीले ५ सय ४६, जानकीलाल बस्नेतले ४ सय ७१ र कमलकिशोर घिमिरेले ३ सय १५ मत प्राप्त गरेका थिए । बिजेता डाँगी केन्द्रमा पौडेल निकट भएपनि जिल्लामा भने दिपक गिरी निकट रहेका छन् ।  गिरी  शशांक कोइराला निकट हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप