मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

एमाले केन्द्रीय कमिटीको सूची तयार, विष्णु पौडेलले गराए प्रिन्ट !

आइतबार, १२ मङ्सिर २०७८, १६ : ०६
आइतबार, १२ मङ्सिर २०७८

नेकपा एमालेको नयाँ केन्द्रीय कमिटीको सूची तयार भएको छ । प्रस्तावित केन्द्रीय नेताहरूको सूची एमाले नेता विष्णु पौडेलले प्रिन्ट गरेर अध्यक्ष ओलीलाई रुजुका लागि बुझाएका छन् ।

सौराहास्थित पार्क सफारी होटलमा बसेर केपी ओली लगायतका नेताहरूले केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको सूची तयार पारेका हुन् । सूची तयार पारेपछि होटलबाट तल ओर्लिएर १० पृष्ठ प्रिन्ट गरेर पौडेल तलामाथि चढेका छन् ।

केन्द्रीय पदाधिकारी र सदस्यहरूको नामावली तयार पार्न पार्क सफारी होटलमा केपी शर्मा ओली, शंकर पोखरेल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरूको टोलीले आज दिनभरजसो गृहकार्य गरेको थियो । यसक्रममा केही केन्द्रीय सदस्यका दाबेदारहरुलाई बेग्लाबेग्लै बोलाएर अध्यक्ष ओलीले छलफल गर्दै पठाएका थिए ।

३०१ सदस्यीय केन्द्रीय कमिटीमा क–कसको नाम प्रस्ताव गरिएको छ भन्ने खुल्न बाँकी छ । अब यो सूची अध्यक्षका तर्फबाट बन्दसत्रमा प्रस्तुत गरिने तयारी छ । सूचीमा चित्त नबुझ्ने उम्मेदवारी दिन सक्ने र सहमति नजुटेका पदहरूमा निर्वाचन हुने सक्ने अध्यक्ष ओलीले शनिबार रातिको बन्दसत्रमा बताएका छन् । अरु नेताहरू सहमतिका लागि तयार भए पनि भीम रावल र घनश्याम भुसालले भने अहिलेसम्म चुनाव लड्ने अडान छाडेका छैनन् ।

यता, एमाले नेता पृथ्वी सुब्बा गुरुङले ९० प्रतिशत  सीटमा सहमति जुटेको बताए । एमालेको विधान अनुसार १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने प्रावधान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप