शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बीमा समितिले तत्काल आफ्नो निर्णय सच्याउनुपर्छ – अध्यक्ष मल्ल

आइतबार, १२ मङ्सिर २०७८, १६ : ०४
आइतबार, १२ मङ्सिर २०७८

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बीमा समितिले शुक्रबारको निर्णय तत्काल सच्याउनुपर्ने बताएका छन् । बीमा समितिले नेपालका बीमा कम्पनीहरूले स्वेदशकै पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरेको थियो ।

समितिले निर्देशनमा जारी गर्दै स्वदेशी पुनर्बीमा कम्पनीको अनुमति लिएर मात्रै विदेशी कम्पनीसँग पुनर्बीमा गराउन निर्देशन दिएको थियो । समितिको यो निर्देशन तत्काल सच्याउन पर्ने मल्लले बताएका हुन् ।

‘हाल नेपालमा ३९ वटा जीवन/निर्जीवन बीमा कम्पनी छन् । तर, अहिले जम्मा एउटा पुनर्बीमा कम्पनी छ,’ उनले रातोपाटीसँग भने, ‘यति धेरै कम्पनीको पुनर्बीमा एउटा/दुईटा कम्पनीले कसरी गर्न सक्छ ?’ ठूला जोखिम परेमा त्यसलाई बहन गर्न सक्ने क्षमता न्यून रहेका कम्पनीमा पुनर्बीमा गर्दा थप जोखिम बढ्ने कोरोनाको बीमाबाट प्रष्टिएको उनको भनाई छ । हाल नेपालमा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स गरी जम्मा दुईवटा पुनर्बीमा कम्पनी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप