हत्या आरोपमा युवक पक्राउ
आइतबार, १२ मङ्सिर २०७८, १५ : ५३

बझाङको जयपृथ्वी नगरपालिका–७ बाट प्रहरीले हत्या आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय दिपेन्द्र थापा छन् । ४६ वर्षका स्थानिय पिरु भण्डारीको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । रोजगारका लागी भारत जाँदै गरेका छोरालाई गाडी चढाएर फर्किँदा मृतक भण्डारीले युवकसँग विवाद गरेका थिए ।
दिपेन्द्र थापाको पानी घट्टमा विवाद हुँदा कुटपिट गरेर धकेलेको र पछारिएर घाइते भएका भण्डारीको उपचारको क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७२ औँ मिस वर्ल्ड हैदराबादमा सुरु, नेपालको प्रतिनिधित्व गर्दै सृच्छा (तस्बिरहरू)
-
चिजा भण्डारीका दुई मुक्तक
-
भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्छौँ : प्रधानमन्त्री
-
प्रधानमन्त्रीलाई सुवालको प्रश्न : ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारमा जाने भर्याङ मात्र हो ?
-
हेटौँडामा युवा सम्मेलन सुरू
-
नयाँ ढङ्गले मल कारखाना खोलिनेछ : प्रधानमन्त्री