शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीभित्रको लोकतन्त्र कमजोर भएकोमा चिन्ता लागेको छ : रामचन्द्र पौडेल

आइतबार, १२ मङ्सिर २०७८, १५ : ५०
आइतबार, १२ मङ्सिर २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताएका छन् । आइतबार काँग्रेस रुपान्तरण एजेण्डा सार्वजनिक कार्यक्रममा बोल्दै नेता पौडेलले देशमा लोकतान्त्रिक प्रणाली स्थापना भएपनि दलहरूलाई नै लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यक रहेको बताए । 

उनले भने– ‘राजनीतिक दलहरुभित्र आन्तरिक लोकतन्त्र कायम गर्न जरुरी देखेको छु । दलभित्र जसको कार्यकारी अधिकार छ उसले आफू अनुकुल हुनेगरी नियम बनाउने चलन छ । यसले विधि र प्रक्रियालाई अगाडि बढाउन सक्दैन । कार्ल मार्क्सको एउटा वाक्यले सारा विश्व दुनियाँका चेतनशील बुद्धिजीवी क्रान्तिकारीलाई एकताबद्ध बनाएको थियो । हामीले लोकतन्त्रलाई बलियो बनाउने हो भने नेतृत्वले सबै पक्षलाई एकजुट बनाएर लैजान सक्नुपर्छ ।’

उनले आजको अदालतको अवस्था बिग्रनुमा आन्तरिक लोकतन्त्र कमजोर हुनु उल्लेख गरे । संवैधानिक परिषदलाई भत्काउन देशको प्रधानमन्त्री, प्रधानन्यायाधीश देखि विपक्षी दलहरु समेत लागेको र राष्ट्रलाई निकास दिन ध्यान नदिएको बताए ।

उनले चुनाव भयो भने म चुनाव जित्न सक्छु भन्ने विश्वास राजनीतिक दलका नेताहरुमा नरहेको उल्लेख गर्दै संवैधानिक निकायको स्वतन्त्रता, तटस्थतालाई नेताहरुले आफू अनूकल बनाउने कुरा लोकतन्त्रका लागि घातक भएको दावी गरे । 

नेता पौडेलले न्यायालयलाई पारदर्शी र निष्पक्ष बनाउँन प्रश्न गर्नुपर्ने अवस्था आएको छ बताउँदै जनताको हक र अधिकारलाई सुनिश्चित गर्न हाम्रो व्यवस्था सक्षम हुनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप