बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिको प्रभाव : नेप्सेमा ८० अंक माथिको पहिरो

आइतबार, १२ मङ्सिर २०७८, १५ : ३७
आइतबार, १२ मङ्सिर २०७८

आइतबार सेयर बजार परिसूचक नेप्सेमा ८० अंक माथिको पहिरो गएको छ । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा गरेसँगै लगानीकर्ताहरु बिच्किँदा त्यसको प्रभाव आइतबारको सेयर बजारमा परेको हो । 
यसदिन नेप्से परिसूचक ८०.२९ अंकले घट्दै २६ सय ५१.४९ विन्दुमा झर्न पुगेको छ भने आज सबैजसो उपसमूहहरु ऋणात्मक हुँदा बजार नै राताम्मे देखिएको छ ।

अघिल्लो हप्ता यस्तो सूचक ३.२२ अंकले घट्दै २७ सय ३१.७८ विन्दुमा अडिएको थियो । मौद्रिक नीतिको समीक्षा, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो (कर्जा÷निक्षेप अनुपात)सँगै सेयर धितो (मार्जिन ल्यान्डिङ) को ४÷१२ को सीमा परिमार्जन गर्ने आम लगानीकर्ताहरुको अपेक्षा थियो ।

तर, राष्ट्र बैंकले त्यसो गरिदिएन । अर्थात् यसअघिकै मौद्रिक नीतिको व्यवस्था राष्ट्र बैंकले ९० प्रतिशतको सीडी रेसियोको नीति र ४÷१२ को सेयर धितो सीमा परिमार्जन नगरिदिएपछि आम लगानीकर्ताहरु पेनिक हुन पुगेका हुन् । जसको प्रभाव सेयर बजारमा पहिलो दिन नै देखिएको छ । 

त्यसो त आज सेयर बजार करिब ३ प्रतिशत (२.९४ प्रतिशत) ले नै घटेको छ । यद्यपि, ८० अंक माथिले घटेको बजारमा आज ५ अर्ब ८३ करोड ५१ लाख कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप