शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा दुई बच्चासहित आमा मृत फेला

आइतबार, १२ मङ्सिर २०७८, १५ : ३४
आइतबार, १२ मङ्सिर २०७८

सर्लाहीको बरहथवा नगरपालिकामा दुई बच्चासहित आमा मृत अवस्थामा फेला परेकी छिन् । बरहथवा नगरपालिका–१ मा छोराछोरीसँगै आमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता (डिएसपी) माधवप्रसाद बुढाथोकीले रातोपाटीलाई बताए ।

बरहथवास्थित हजरियामा बस्ने शिव हजारीका २६ वर्षीया पत्नी कविता घरभित्र झुण्डिएको अवस्थामा फेला परेकी हुुन् । उनी झुण्डिएको ठाउँमा ८ वर्षीया छोरी र ५ वर्षका छोराको शव भेटिएको छ ।

उनीहरुको शरीरमा चोटपटक नदेखिएको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको डिएसपी बुढाथोकीले बताए । मृतक महिलाका श्रीमान वैदेशिक रोजगारीमा छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप