
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजारभन्दा कम

देशभर १५८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ९१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५४ तथा एन्टिजेन विधिबाट ४ जनाको सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३४२ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख २ हजार ३८९ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । हाल देशभर ६ हजार ९६६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै, थप २ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ५२३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख २७ हजार ६११ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ