बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी पालिका अधिवेशन : खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व

आइतबार, १२ मङ्सिर २०७८, १५ : १८
आइतबार, १२ मङ्सिर २०७८

नेकपा (माओवादी केन्द्र) खोटाङले दशै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा शनिबार एकैदिन आयोजित गाउँपालिकारनगरपालिका अधिवेशनले दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । 

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिसन राईको अध्यक्षतामा ६५ सदस्यीय नगरपालिका कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा उमेशचन्द्र राई, खगेन्द्र राई र ध्रुवा राई, सचिवमा युगशन किराँत, सहसचिवमा दीपेन्द्र राई र कोषाध्यक्षमा रामकुमार हिङ्माङ रहेका छन् ।

हलेसी तुवाचुङ नगरपालिकामा राजुविक्रम चाम्लिङको अध्यक्षतामा ६५ सदस्यीय नगरपालिका कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा प्रदीप माइला, प्रदीप गिरी र कण्ठ कार्की, सचिवमा प्रमिला बस्नेत, सहसचिवमा गण राई र कोषाध्यक्षमा अमिनकाजी राई चयन भएका प्रेस सेन्टर नेपाल खोटाङका उपाध्यक्ष अशल चरित्र राईले जानकारी दिए ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा राजेन्द्र राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा किसान राई, खड्गबहादुर तामाङ र नैनकुमारी खत्री, सचिव दीपक पौडेल, सहसचिवमा नारायण राई र कोषाध्यक्षमा सुनिता राई चयन हुनुभएको प्रेस सेन्टर नेपाल खोटाङका सदस्य तजिना मगरले जानकारी दिए ।

रावाबेंसी गाउँपालिकामा रामबहादुर राई ‘बाबुराम’को अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा शारदा पोखरेल, भलकाजी तामाङ र लालबहादुर नेपाली, सचिव उदिम चाम्लिङ, सहसचिवमा सुरेन्द्र राई र कोषाध्यक्षमा सीता कटुवाल चयन भएका छन् ।

साकेला गाउँपालिकामा अर्जुनकुमार खड्का ‘झङ्कार’को अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा बृसिका राई, मोहन खत्री र भरत बस्नेत, सचिवमा नवीनकुमार राई, सहसचिवमा धनबहादुर राई र कोषाध्यक्षमा उन्नत राई चयन हुनुभएको प्रेस सेन्टर खोटाङका सल्लाहकार उजुर राईले जानकारी दिए । 

खोटेहाङ गाउँपालिकामा दीपेन्द्र राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा धनबहादुर महाराजी, इन्द्रहाङ राई र सुशीला राई, सचिवमा वसन्त राई, सहसचिवमा किरण राई र कोषाध्यक्षमा सुरेन्द्र अधिकारी सर्वसम्मत चयन भएको माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका जिल्ला संयोजक देवान किराँती ‘पृथ्वी’ले जानकारी दिए ।

बराहपोखरी गाउँपालिकामा युवराज मगरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा कमला राई, ताराकान्त राई र राजन राई, सचिव अर्जुन तामाङ, सहसचिव ध्रुवजीत राई र कोषाध्यक्ष गणेश परियार चयन भएका छन् ।


ऐँसेलुखर्क गाउँपालिकामा अगमसिं राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा उर्मिला लम्साल, बलबहादुर राई र प्रेम तामाङ, सचिवमा झनकुमार राई, सहसचिवमा रमेश राई र कोषाध्यक्षमा चमेली विश्वकर्मा चयन भएका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य भीम राईले जानकारी दिए ।

केपिलासगढी गाउँपालिकामा रुद्रकुमार राईको अध्यक्षतामा ५५ सदस्यीय समिति चयन भएको छ । समितिको उपाध्यक्षमा रामकाजी राई, कुमार परिवार र विष्णु राई, सचिवमा समिप साम्पाङ, सहसचिवमा गोपाल तामाङ र कोषाध्यक्षमा पद्मा राई चयन भएको माओवादी केन्द्रले जनाएको छ । 

जन्तेढुङ्गा गाउँपालिकामा बद्री राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा खड्गबहादुर राई र देवीमाया राई, सचिव नइन्द्र राई र सहसचिवमा नेत्र श्रेष्ठ चयन भएका र एक उपाध्यक्ष र कोषाध्यक्ष समितिको पहिलो बैठकले चयन गर्ने जनाइएको छ । 

अधिवेशनबाट चयन भएका पदाधिकारी तथा सदस्यलाई अधिवेशनमा खटिएका नेताले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । अधिवेशनका अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौँको सङ्ख्यामा नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेको जिल्ला संयोजक पृथ्वीले जानकारी दिए ।

दश स्थानीय तहको ७९ वटा वडा रहेको जिल्लामा माओवादी केन्द्रका पाँच हजार ९९५ जना सङ्गठित सदस्य र साढे पाँच हजारभन्दा बढी साधारण सदस्य रहेको जिल्ला संयोजक पृथ्वीले जानकारी दिए । जिल्लामा वडा तथा गाउँ/नगर अधिवेशनलगत्तै सदस्यता वितरणको कामलाई तीव्रता दिइने माओवादी केन्द्र खोटाङले जनाएको छ । 

ताप्लेजुङका आठ स्थानीय तहमा नयाँ नेतृत्व 
फुङ्लिङ– ताप्लेजुङमा नौ स्थानीय तहमध्ये माओवादी केन्द्र पार्टीले आठ स्थानीय तहमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । शनिबार अधिवेशन सुरु भएको आजसम्ममा आठ स्थानीय तहमा सहमतिमार्फत नयाँ नेतृत्व चयन गरेको हो ।

ताप्लेजुङमा मिक्वाखोला गाउँपालिकाको अधिवेशन भने सोमबार अधिवेशन गर्ने तयारी रहेको नेकपा (माओवादी केन्द्र) ताप्लेजुङका संयोजक विजयप्रकाश वनेमले बताए । उनका अनुसार फुङ्लिङ नगरपालिका समन्वय कमिटीको अध्यक्षमा गङ्गाराम शङ्कर चयन भएका छन् ।

यस्तै फक्ताङ्लुङ गाउँपालिकामा मुक्ति लावुङ, मेरिङ्देन गाउँपालिकामा सुजन सामेखाम, आठराई त्रिवेणी गाउँपालिकामा घननाथ गौतम (घनु), सिदिङ्वामा अमर इदिङ्गो, मैवाखोलामा आलोक शेर्पा, पाथीभरा याङ्वरकमा दिलीप पौडेल र सिरिजङ्गामा चित्र मावो अध्यक्ष रहेको कमिटी बनेको छ ।

भोलिसम्म  मिक्वाखोलाको अधिवेशन सकिएसँगै माओवादी केन्द्रले ताप्लेजुङका सबै स्थानीय तहमा पालिका समन्वय कमिटीमा नयाँ नेतृत्व चयन गरिसक्ने नेकपा माओवादी केन्द्र ताप्लेजुङले जनाएको छ ।

पाँचथरका चार गाउँपालिकामा अधिवेशन सम्पन्न

पाँचथरका चार वटा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को प्रथम गाउँपालिका अधिवेशन शनिबार सम्पन्न भएको छ ।

जिल्लाको फालेलुङ, याङवरक, कुम्मायक र तुम्बेवा गाउँपालिकामा अधिवेशनमार्फत माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरेको हो । फालेलुङ विद्धिमान सावदेनको अध्यक्षतामा माओवादी केन्द्रको ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको छ । उक्त कमिटीको उपाध्यक्षमा तिलबहादुर खत्री, रामप्रकाश राई र पदम केरुङ, सचिवमा सुरेन्द्र अधिकारी र कोषाध्यक्षमा रिजा जबेगु (माङ्मु) चयन भएका छन् ।

याङवरक गाउँपालिकामा माओवादी केन्द्रले अर्जुन बेघाको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ । उक्त कमिटीका उपाध्यक्षमा महेन्द्र योङया, इन्दिरा पोखरेल र तेजेन्द्र राई, सचिवमा सूर्य बेघा, सहसचिवमा तेजकुमार बेघा र कोषाध्यक्ष शान्ति लिम्बू रहेका छन् ।

कुम्मायक गाउँपालिकामा उक्त पार्टीले महेन्द्रबहादुर खड्काको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा सोम तामाङ, गीता खड्का र डुकेन्द्र चेम्जोङ, सचिवमा प्रवीण निरौला, सहसचिवमा महेन्द्रसुन्दर कार्की र कोषाध्यक्षमा प्रविन चापागाईँ चयन भएका छन् ।

यस्तै तुम्बेवा गाउँपालिकामा माओवादी केन्द्रले खड्ग सम्बाहाम्फेको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा टङ्कबहादुर शेर्मा, शहरसिंह तामाङ र सुस्मा आङ्देम्बे तथा सचिवमा ख्यामबहादुर निरौला चयन भएका छन् ।

बाँकी रहेका हिलिहाङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा आज तथा फिदिम नगरपालिकामा भोलि अधिवेशन तय गरिएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका सचिवालय सदस्य दीपक दुलालले जानकारी दिए । माओवादी केन्द्रको स्थानीय तहस्तरीय अधिवेशन सम्पन्न गर्न उक्त पार्टीका नेता गाउँपालिकाका केन्द्र पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप