महिला टी–२० विश्वकप : यूएईसँग नेपाल ४८ रनले पराजित

आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ । आइतबार आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको शीर्ष स्थानमा बस्दै ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई युएई विरुद्ध जितको विकल्प थिएन । प्रतियोगितामा दोस्रो हार व्यहोरेसँगै नेपाल एसिया छनोटबाट बाहिर भएको हो ।
शीर्ष स्थानको यूएई ५ खेलमा शतप्रतिशत जितसहित १० अंक जोड्दै ग्लोबल छनोटमा प्रवेश गर्यो । नेपाल भने पाँच खेलमा ६ अंकसहित दोस्रो स्थानमा रह्यो । जितको लागि १२८ रनको लक्ष्य पाएको नेपाल १९ ओभर ४ बलमा अल आउट हुँदै ७९ रनमा समेटियो ।
नेपालका लागि इन्दु बर्माले २० बलमा एक चौकासहित १५ रन र सीता राना मगरले आठ बलमा तीन चौकासहित १३ रन बनाए । अन्य खेलाडीको दोहोरो रन बनाउन सकेनन् । युएईकी समाइरा धारनीधार्काले सर्वाधिक चार विकेट लिइन् । यस्तै, खुशी शर्माले दुई तथा छाँया मुगाल र चमानी सेनेविरान्ताले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रनको योगफल तय गरेको थियो । युएईका लागि चमानीले ३६ बलमा सात चौकाको मद्दतमा अर्ध शतकसहित ५२ रन जोड्दा त्रिथा सतिसले ४६ बलमा तीन चौकाको मद्दतमा ४७ रन जोडिन् । नेपालकी कविता कुवँरले दुई, सवनम राई, सीता राना मगर र संगीता राईले समान एक विकेट लिए ।
पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गर्दै जित निकालेको थियो । तेस्रो खेलमा कुवेतलाई नौ विकेटले पराजित गर्दा नेपालले चौथो खेलमा मलेसियामाथि ६ विकेटको जित हात हासिल गरेको थियो ।
हारसँगै नेपालले सन् २०२३ मा हुने टी(२० महिला विश्वकप खेल्ने सपना अधुरै रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्