आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बाफलमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुलेन

आइतबार, १२ मङ्सिर २०७८, १५ : ००
आइतबार, १२ मङ्सिर २०७८

काठमाडौँको बाफलमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न सकेको छैन । बाफलस्थित एउटा घरमा ५ दिनअघि जलेको अवस्थामा शव फेला परेको थियो । स्थानीय केशव पाण्डेको घरमा फेला परेको शवको अझै सनाखत हुन नसकेको हो ।

कात्तिक ७ मा दुई तले घरमा ३० वर्ष माथिको उमेर समूहका पुरुषको शव जलेको अवस्थामा फेला परेको थियो । शवको पहिचान खुलाउने प्रयास भइरहेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।

पाण्डेको घर खाली थियो । सो घरभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको लिखित रिपोर्ट आएको छैन । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार शरीरमा चोटपटक देखिएको छैन । चिकित्सकहरूले ‘जलेर मृत्यु’ भएको अनुसन्धान संलग्न प्रहरीलाई बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप