शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क–कसले पाए एपिक नेपाल म्युजिक अवार्ड  ?

आइतबार, १२ मङ्सिर २०७८, १४ : ५५
आइतबार, १२ मङ्सिर २०७८

तेस्रो एपिक नेपाल म्युजिक अवार्ड शनिबार भक्तपुरको बोडे बाँडिएको छ । मध्यपुर थिमी नगरपालिकाले सहकार्यमा आयोजित अवार्ड बोडेस्थित कुमारी मन्दिर परिसरमा आयोजना भएको थियो । कार्यक्रममा ३२ विधामा ४० वटा अवार्ड बाँडिएको थियो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको अवार्डमा वरिष्ठ हास्य अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई १ लाख १ हजार रुपैंयाको राशिसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । कार्यक्रममा मह उपस्थित थिएनन् ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमि भित्रका पुरातात्विक बस्तु, सँस्कृति जगेर्ना गर्ने उद्धेश्यले नगरपालिकाले अवार्डसँग सहकार्य गरेको बताए ।  अवार्ड आयोजक संस्था एपिक नेपाल म्युजिक प्रालिकी अध्यक्ष बबिता श्रेष्ठले मध्यपुर थिमि नगरपालिका सहकार्य गर्न पाउँदा खुसी लागेको र नगर प्रमुखले नेपाली कला क्षेत्रप्रति देखाएको चासो र सद्भावका लागि धन्यवाद दिइन् ।

समारोहमा रंग पत्रकार जीवन पराजुली नगदसहित सम्मानित भए । गायक तथा संगीतकार कन्तुप पन्त, पत्रकार तथा निर्देशक सुब्रत राज आचार्य र म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डे निर्णायक रहेको अवार्ड दिनेश डिसी, रविन्द्र खड्का, धिरेन शाक्य, पल्पसा डंगोल लगायतका कलाकारले समेत उपस्थितिलाई अवार्ड दिएका थिए ।

क–कसले पाए अवार्ड ?
लोकदोहोरी गायक खेम सेन्चुरी
लोकदोहोरी गायिका– टिका पुन 
लोकदोहोरी शब्द– नेत्र अर्याल
लोकदोहोरी लय– श्रीकृष्ण बम मल्ल
लोकदोहोरी मोडल पुरुष– विपेश घिमिरे
लोकदोहोरी मोडल महिला– सारिका के.सी
लोकदोहोरी नव–मोडल पुरुष– सुरज श्रेष्ठ
लोकदोहोरी नव–गायक– अलिफखान
लोकदोहोरी भिडियो नृत्य निर्देशक– काजिस श्रेष्ठ
लोकदोहोरी भिडियो निर्देशक– रविन शाह
आधुनिक गायक– प्रेम सेन्चुरी
आधुनिक गायिका– मेलिना राई
आधुनिक गीतकार– भोजराज पाण्डे
आधुनिक संगीतकार– केशव सापकोटा
आधुनिक मोडल पुरुष– पल शाह
आधुनिक मोडल महिला– शिल्पा पोखरेल
आधुनिक नव–मोडल पुरुष– विजय पुन
आधुनिक नव–मोडल महिला– प्राचि लामा
आधुनिक नव–गायक– देवेन्द्र बब्लु
आधुनिक नव–गायिका– एलिना चौहान

आधुनिक भिडियो निर्देशक– विक्रम चौहान 
नव निर्देशक– साहिल खान
संगीत संयोजन– विश्वास नेपाल 
भिडियो सम्पादक– मिन रावल
भिडियो छायाँकार– नवराज उप्रेती
काँठे भाका गायक – रामशरण आले मगर 
काँठे भाकागायिका– शारदा रसाईली
देउडा गायक– ध्वज महरा
देउडा गायिका– रेखा जोशी
नेपाल भाषा गायक– हरिसुन्दर श्रेष्ठ
नेपाल भाषा गायिका– कल्पना श्रेष्ठ
आधुनिक पपुलर मोडल– दुर्गेश थापा 
लोकदोहोरी गायिका जुरि– सरिता डाँगी 
भिडियो छायांकार (इन्करेजमेन्ट)– नमराज घिमिरे 
नृत्य निर्देशक (जुरी)– प्रविन थापा 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप