पूर्वमाओवादी नेताहरुसँग ओलीको छलफल
आइतबार, १२ मङ्सिर २०७८, १४ : २३

सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले नेताहरुसँग छलफल गरेका छन् । आइतबार उनले लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतका नेतासँग छलफल गरेका हुन् ।
आफू बसेकै रिसोर्टमा उनीलाई बोलाएर ओलीले नयाँ नेतृत्व चयन प्रक्रिया र उनीहरुका आकांक्षाबारे चासो राखेको स्रोत बताउँछ । ओलीले सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयासस्वरुप बिहानैदेखि पार्टीका विभिन्न नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्दै आएका छन् ।
भेटमा पूर्व माओवादी नेताहरुले आफूहरु पनि सहमतिबाटै नेतृत्व चयन होस् भन्ने पक्षमा रहेको ओलीलाई बताएका छन् । तर सहमतिमै नेतृत्व चयन गर्दा आफूहरुको उपस्थिति पनि सम्मानजनक होस् भन्ने आकांक्षा आफूहरुले राखेको उनीहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने