आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षणमा ज्यापु समुदायको योगदान महत्त्वपूर्ण : प्रम देउवा

आइतबार, १२ मङ्सिर २०७८, १४ : ०१
आइतबार, १२ मङ्सिर २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा आदिवासी जनजाति ज्यापु समुदायको ठुलो योगदान रहेको बताएका छन् । १८ औँ ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तरण गर्न प्रम निवास पुगेका समितिका पदाधिकारीहरूसँगको छलफलमा उनले सो कुरा बताएका हुन् ।

निमन्त्रणा दिन पुगेका ज्यापु समुदायलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले विभिन्न समुदायले आफ्नो भाषा, भेष–भूषा, सम्पदा, संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए । यही आउँदो पुस ४ गतेका दिन बसन्तपुरमा भव्यतासाथ मनाउन गइरहेको ज्यापु दिवसमा प्रधानमन्त्री देउवालाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा स्वरूप बाजागाजासहित माटोको भाँडोमा चामल, चाँदीको सिक्का र सिङ्गो सुपारी राखी कोषका अध्यक्ष मङ्गलकृष्ण सिंले निमन्त्रणा दिएका थिए । 

यसैक्रममा ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आइरहेको यःमरिपुन्हि÷ज्यापुदिवसको पर्व बिदा विगत दुई वर्षदेखि सम्बन्धित जातिलाई मात्र दिने निर्णयलाई सार्वजनिक बिदामा परिणत गर्नको लागि सम्माननीय प्रधानमन्त्रीको समक्ष अनुरोध गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप