शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेत्री तनीषा कोरोना संक्रमित

आइतबार, १२ मङ्सिर २०७८, १४ : ००
आइतबार, १२ मङ्सिर २०७८

अभिनेत्री तनीषा मुखर्जी कोरोना संक्रमित भएकी छन् । आफु कोरोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन्  । ‘मलाई ‘कोभिड १९’ को संक्रमण भेटिएको छ’ उनले अगाडि लेखेकी छन्, ‘अब मैले केही दिन आइसोलेशनमा बस्नुपर्नेछ ।’

केही अगाडि अभिनेत्री उर्मिला माताेंडकर र साउथ अभिनेता कमल हासनमा पनि कोरोना संक्रमित भेटिएको थियो । तनीषा बलिउडका ती कलाकारमा पर्छिन् । जसले कोरोना महामारीको समयमा पनि नियमित काम गरेका थिए । उनले कोरोनाको दास्रो लहरको समय लखनउमा एक फिल्मको सुटिङ गरेकी थिइन् ।

कामको कुरो गर्ने हो भने उनी छिट्टै फिल्म ‘कोड नेम अब्दुल’ मा देखिदैछिन् । जसमा उनको भूमिका ‘रअ’ का एजेन्टको रुपमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप