शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुवास नेम्वाङले भने– माओवादी छैन, सहमति जुटाउन अध्यक्षले छलफल गरिरहनुभएको छ

आइतबार, १२ मङ्सिर २०७८, १३ : ४१
आइतबार, १२ मङ्सिर २०७८

नेकपा एमाले स्थायी समितिका सदस्य सुवास नेम्वाङले पार्टीको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले छलफल गरिरहेको बताएका छन् । सौराहास्थित ओली बसेको होटल पार्क सफारीमा अध्यक्ष ओलीसँग छलफल गरेर निस्किने क्रममा नेम्वाङले छलफल जारी रहेको बताए ।

एमाले अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्नका लागि आफूनिकट नेताहरुसँग बिहानैदेखि छलफल जारी राखेका छन । नेम्वाङले पत्रकारहरुसँग भने, ‘अध्यक्षले छलफल गरिरहनुभएको छ, सहमति जुटिसकेको छैन ।’

छलफलका क्रममा पूर्वमाओवादी खेमाबाट रामबहादुर थापा बादललाई उपाध्यक्ष र टोपबहादुर रायमाझीलाई सचिव गरी दुईजनालाई पदाधिकारीमा ल्याउने ओलीको प्रस्ताव रहेको बुझिएको छ । तर, नेता नेम्वाङले भने पूर्वमाओवादी समूहलाई कुन–कुन पद दिने भन्नेबारे पनि टुङ्गो नलागेको बताए । उनले भने, ‘अहिले माओवादी भन्ने छैन, सबै एमाले हुन् । जे पाउनुहुन्छ, एमालेकाले पाउनुहुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप