शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यूएईविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

आइतबार, १२ मङ्सिर २०७८, १२ : ४३
आइतबार, १२ मङ्सिर २०७८

आइसीसी महिला टि २० विश्वकप एसिया छनोटमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेल जारी छ । दुबईमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने गरेको लिएको हो । आयोजक यूएईले टस हारेसँगै ब्याटिङ सुरु गरिसकेको छ ।  

अन्तिम तथा निर्णायक खेलको विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि(२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ । आइतबार नेपाल र यूएई दुबै टोली खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छन् । यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाललाई जित मात्रले पुग्दैन । रन रेटमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यूएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप