शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस युनिभर्स’मा भाग लिन सुजिता उडिन् इजरायल

आइतबार, १२ मङ्सिर २०७८, १२ : ४०
आइतबार, १२ मङ्सिर २०७८

‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल उडेकी छन् । ७०औँ ‘मिस युनिभर्स’ भाग लिन उनी शनिबार राती इजरायल उडेकी हुन् । त्रिभुवन विमानस्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायतका टिमले शुभकामना सहित उनलाई बिदाइ गरेका थिए ।

इजरायल उड्न अगाडि बस्नेतले यो पटक ‘मिस युनिभर्स’ को  ताज नेपाल भित्रिने आस गर्न सकिने बताइन् । उनले मिस युनिभर्समा नेपालको तर्फबाट उत्कृष्ट प्रस्तुति दिने उद्देश्य सहित आफू सहभागी हुन लागेको बताइन् ।

गत महिना राजधानीको होटल याक एन्ड यतिमा आयोजित ‘मिस युनिभर्स नेपाल’ को ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै बस्नेतले ताज पहिरिएकी थिइन् । प्रतियोगीताका लागि उनले नेपालको पहिचान झल्कने एक कस्ट्युम सहित विभिन्न तयारी गरेकी छन् । ‘मिस युनिभर्स’ १२ डिसेम्बरमा आयोजना हुँदैछ । प्रतियोगितामा ७० बढी देशमा सुन्दरीहरूको सहभागिता रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप