मुद्दा सुनुवाइको माग गर्दा प्रहरीको दुर्व्यवहार
आइतबार, १२ मङ्सिर २०७८, १२ : २७

लामो समयदेखि मुद्दाको सुनुवाई रोकिएको भन्दै आक्रोश पोख्ने एकजना महिलालाई नेपाल बार एसोसिएसनको कार्यालयबाट प्रहरीले अभद्र तरिकाले निकालेको छ । रोकाया थरकी एक महिलालाई प्रहरीले दुर्व्यवहार गरेर निकालेको हो ।
बारतर्फबाट सर्वोच्चमा प्रवेश गर्न खोजेको हुनाले उनलाई त्यहाँबाट हटाइएको महानगरीय प्रहरी कार्यालयका निमित्त प्रमुख (डिआईजीं) उत्तमराज सुवेदीले रातोपाटीलाई बताए । दुर्व्यवहार गरेको सेवाग्राहीको नाम खुलेको छैन ।
सर्वोच्च अदालतमा उनका धेरै मुद्दा रहेको र लामो समयदेखि सुनुवाई रोकिएको भन्दै ती महिलाले नेपाल बार एशोसिएशनको कार्यालयमा गएर पीडा पोखेकी थिइन् । तर, प्रहरीले उनलाई गलहत्याएर हटाएको छ । तस्बिर: कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए