शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुद्दा सुनुवाइको माग गर्दा प्रहरीको दुर्व्यवहार

आइतबार, १२ मङ्सिर २०७८, १२ : २७
आइतबार, १२ मङ्सिर २०७८

लामो समयदेखि मुद्दाको सुनुवाई रोकिएको भन्दै आक्रोश पोख्ने एकजना महिलालाई नेपाल बार एसोसिएसनको कार्यालयबाट प्रहरीले अभद्र तरिकाले निकालेको छ । रोकाया थरकी एक महिलालाई प्रहरीले दुर्व्यवहार गरेर निकालेको हो । 

बारतर्फबाट सर्वोच्चमा प्रवेश गर्न खोजेको हुनाले उनलाई त्यहाँबाट हटाइएको महानगरीय प्रहरी कार्यालयका निमित्त प्रमुख (डिआईजीं) उत्तमराज सुवेदीले रातोपाटीलाई बताए ।  दुर्व्यवहार गरेको सेवाग्राहीको नाम खुलेको छैन ।

सर्वोच्च अदालतमा उनका धेरै मुद्दा रहेको र लामो समयदेखि सुनुवाई रोकिएको भन्दै ती महिलाले नेपाल बार एशोसिएशनको कार्यालयमा गएर पीडा पोखेकी थिइन् । तर, प्रहरीले उनलाई गलहत्याएर हटाएको छ । तस्बिर: कृष्ण खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप