सहमतिको खाका बनेको दाबीमा शेरबहादुर तामाङले जनाए आपत्ति
नेकपा एमालेमा नेतृत्व चयनका लागि सहमतिको खाका बनेको भनेर गरिएको प्रचारप्रति पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आपत्ति जनाएका छन् । उनले अहिलेसम्म त्यस्तो कुनै खाका नबनेको प्रस्ट पार्दै आफूलाई उद्धृत गरी सहमति भएको भनेर गरिएको प्रचारप्रति दुःख जनाएका छन् ।
‘मेरो हवाला दिएर केही साथीहरुले सहमतिको खाका भनेर गलत समाचार सम्प्रेषण गरेको पाइयो । यो प्रति दुःख ब्यक्त गर्दछु,’ उनले भने, ‘मेरो नाम प्रयोग भएको मात्रमा पनि म क्षमा प्रार्थी छु । कृपया यो गलत समाचारको भ्रममा नपर्नु हुन अनुरोध गर्दछु ।’
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पदाधिकारीसहित १० औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कमिटीबारे सहमति जुटाउन छलफलमा भने जुटिरहेको बताएका छन् । उनका अनुसार अध्यक्ष ओलीले पार्टीका शीर्ष नेताहरुलाई आफू बसेकै होटलमा बोलाएर छलफल गरिरहेका छन् ।
त्यसका लागि ओलीले अध्यक्षका अर्का दावेदार तथा निर्वाचनको पक्षमा रहेका नेता भीम रावलसँग पनि वार्ता गर्ने तामाङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन