शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भाउ २०० रुपैयाँ बढ्दा चाँदीको घट्यो

आइतबार, १२ मङ्सिर २०७८, १२ : ०९
आइतबार, १२ मङ्सिर २०७८

आइतबार नेपाली बजारमा सुनको भाउ २०० रुपैयाँले बृद्धि भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको आइतबार २०० रुपैयाँले बढ्दै ९२ हजार १०० रुपैयाँ पुगेको हो । 

यस्तै, गत शुक्रबारको तुलनामा तेजाबी सुनको मूल्य समेत आईतबार २०० रुपैयाँले नै बढ्दै ९१ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यता आज चाँदीको मूल्य भने घटेको महासंघले जनाएको छ । गत शुक्रबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार २१० रुपैयाँमा झरेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप