शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक शक्तिहरूबीच नयाँ ढंगको एकता आवश्यक छ : बाबुराम भट्टराई

आइतबार, १२ मङ्सिर २०७८, ११ : ५३
आइतबार, १२ मङ्सिर २०७८

जनता समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

जनता समाजवादी पार्टी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् ।  भट्टराईले भने, ‘राजनितिक शक्तिहरु बीचमा नयाँ ढंगले एकता कायम गरी अगाडि बढ्नु नै अहिलेको उत्तम विकल्प हो ।’

भट्टराईले देशको सम्बृद्धि र जनताको जीवन परिवर्तनका लागि बैकल्पिक शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताए ।  अहिलेको अवस्थामा  केन्द्रिय समाजवादी शक्ति निर्माण गर्न सके मात्रै देशले निकास पाउने उनको भनाई थियो ।    उनले अहिले अदालतमा देखिएको संकट राजनीतिक दलहरु बीचमा देखिएको खिचातानीको परिणाम भएको बताए ।  

 काँग्रेस जति पटक सत्तामा पुगे पनि परिवर्तनको अपेक्षा गर्न नसकिने बताउँदै भट्टराईले  मुलुक परिवर्तनका लागि अग्रगामी शक्तिको आवश्यक रहेको बताए ।

सो पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको जीवनस्तर परिवर्तनका लागि चार महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको बताए ।   मंसिर महिनासम्म सञ्चालन हुने अभियानमा जनताका माझमा आफ्ना विचार प्रस्तुत गर्ने र जनताका विचार बुझ्ने काम भइरहेको नेता राईले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप