बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतका ५ र सल्यानका ७ पालिकाहरुमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

आइतबार, १२ मङ्सिर २०७८, ११ : ३७
आइतबार, १२ मङ्सिर २०७८

नेकपा (माओवादी केन्द्र) ले सुर्खेतका पाँच र सल्यानका सात वटा स्थानीय तहहरुमा नयाँ नेतृत्व चयन गरेको छ ।   नौवटा स्थानीय तह रहेको सुर्खेतका पाँचवटा स्थानीयतहमा निर्वाचन सम्पन्न भएको नेकपा (माओवादी केन्द्र) सुर्खेतका संयोजक कृष्ण जिसी ‘जितेन्द्र’ले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार नेतृत्व चयन भएका सबै पालिकाको सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

उनका अनुसार पश्चिमको चौकुने गाउँपालिका कमिटीको अध्यक्षमा गंगाराम विश्वकर्मा, बराहताल गाउँपालिकामा बलबहादुर कठायत, सिम्ता गाउँपालिकामा  चित्रबहादुर हमाल  र पञ्चपुरी नगरपालिकामा  केशव शाही अध्यक्षमा चयन भएका छन् । 

यस्तै भेरीगङ्गा नगरपालिकाको अध्यक्षमा अध्यक्षमा गणेश भण्डारी चयन भएका छन्। वीरेन्द्रनगर नगरपालिकामा भने शनिबारदेखि बन्दसत्र जारी छ  । अन्य स्थानीय तहमा पनि अबको केही दिनभित्रै नेतृत्व चयनको काम सम्पन्न गरिसक्ने संयोजक जिसीले जानकारी दिए । 

उनका अनुसार ९९ वडामध्ये ९७ वडा तहको नेतृत्व चयन पनि सकिएको छ ।  उता सल्यान जिल्लाका १० वटा स्थानीय तहमध्ये सातवटा स्थानीयतहमा नेतृत्व चयनको काम सम्पन्न भएको छ ।  त्यहाँ पनि सबै स्थानीय तहको नेतृत्व छनोटको काम सर्वसम्मत गरिएको बताइएको छ ।

माओवादी केन्द्र सल्यानका अनुसार शारदा नगरपालिकाको अध्यक्षमा नविनसिंह भडे, कालिमाटी गाउँपालिकामा रुद्रबहादुर घर्ती ‘प्रगति’ कपुरकोट गाउँपालिकामा प्रकाश भण्डारी, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र कुमार थापा अध्यक्षमा चयन भएका छन् । 

यस्तै सिद्ध कुमाख गाउँपालिकामा रामबहादुर बस्नेत, दार्मा गाउँपालिकामा चन्द्रबहादुर रावत र  छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा प्रेमबहादुर खडका चयन भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप