आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु
![आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु](https://rpcdn.ratopati.com/media/albums/death__SZM7VzZXPw.jpg)
पूर्वी चितवनको राप्ती नगरपालिकामा एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । जिल्लाको विकट क्षेत्र राप्ती नगरपालिका–१ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा शनिबार बिहान करिब १० बजे आगलागी भएको थियो । आगलागीमा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
आगलागीमा रुम्बाका छोरातर्फको नाति तीन वर्षीय सुरज रुम्बा र उनकै छोरीतर्फको तीन वर्षीया नातिनी मनिषा तामाङको जलेर मृत्यु भएको अधिकारीले बताए । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।
काठ र टिनले बनेको घरमा आगलागी भएको हो । सोलारको व्याट्रि सर्ट भएर आगलागी भएको उनले बताए ।
घरका अभिभावक बाहिर गएका बेला घरमा आगलागी भएको थियो । विकट क्षेत्र भएकाले खबर बाहिर आउन ढिला भएको हो । आगलागीबाट घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा पूर्ण रुपमा जलेर नष्ट भएको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
बालिकामाथि जबरजस्ती करणी गर्ने शिक्षक पक्राउ
-
पत्रकार मरासिनी गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कारबाट सम्मानित
-
जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
-
विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ
-
अस्पतालले १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्छ : स्वास्थ्य मन्त्री