आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : चुनावी कार्यतालिका अझै बनेन, अध्यक्षमण्डलको निर्देशन कुर्दै केन्द्रीय निर्वाचन समिति

आइतबार, १२ मङ्सिर २०७८, ११ : ०३
आइतबार, १२ मङ्सिर २०७८

नेकपा एमालेको दशौं महाधिवेशनको तेस्रो दिन अर्थात् आइतबार नयाँ नेतृत्व चयनका लागि महत्वपूर्ण दिन हो । बिहान ८ बजे नै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिए पनि केन्द्रीय निर्वाचन समिति भने अध्यक्षमण्डलको निर्देशन कुरेर बसिरहेको छ ।

शनिबार बन्दसत्रमा सहमतिबाटै नेतृत्व चयन गर्ने प्रस्ताव भएअनुसार केपी शर्मा ओलीलाई पदाधिकारी तथा केन्द्रीय सदस्य सम्बन्धी प्रस्ताव पेस गर्न जिम्मेवारी दिइएको छ । यद्यपि, त्यस्तो प्रस्ताव अहिलेसम्म प्राप्त नभएको र निर्वाचन नै गराउने कि नगराउने भन्नेबारे पनि प्रस्ट निर्देशन नआएका कारण केन्द्रीय निर्वाचन समिति अन्योलमा परेको छ ।

निर्वाचनमार्फत नै नेतृत्व चयन गर्ने अवस्थामा उम्मेदवारको मनोनयन दर्ता, मनोनयनमाथि दाबी विरोध, उम्मेदवारी फिर्ता, मतदान लगायतका प्रक्रियाको तयारी गर्न समय लाग्ने केन्द्रित निर्वाचन समितिको भनाइ छ । यतिबेलासम्म निर्वाचन गर्ने कि सहमतिमै नेतृत्व चयन गर्ने भन्नेबारे प्रस्ट नभएको र अध्यक्षमण्डलबाट कुनै निर्देशन नआएका कारण केन्द्रीय निर्वाचन समिति के गर्ने भन्नेबारे नै अन्योलमा देखिन्छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक विजय सुब्बाका अनुसार अध्यक्ष मण्डलको निर्देशन नआएकै कारण निर्वाचन प्रक्रियासम्बन्धी काम सुरु हुन सकेको छैन । अध्यक्ष मण्डलले निर्देशन दिनासाथ प्रक्रिया सुरु हुने उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप