शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राशिको नयाँ गीत ‘परानी’ सार्वजनिक

आइतबार, १२ मङ्सिर २०७८, १० : ५३
आइतबार, १२ मङ्सिर २०७८

गायिका राशि रिजालको नयाँ गीत ‘परानी’ सार्वजनिक भएको छ । गायिका राशिलाई गायनमा गायक राजेश भण्डारीले दिएका छन् । केशव पौडेलको शब्द र राजेशकै संगति रहेको गीतमा एम थापाको एरेन्ज रहेको छ । 

गीतको भिडियोमा कलाकार शिशिर पौडेल र रुविना अधिकारीको अभिनय देख्न सकिन्छ । शिशिर र रुविना, भिडियोमा प्रेम जोडीको रुपमा देखिएका छन् ।  शम्भु चालिसेको छायाङ्कन, राजेशकुमारको सम्पादन रहेको भिडियोमा निर्देशन तथा कोरियोग्राफी चित्र मास्की मगरले गरेका हुन् । 

गायिका राशिले यसअघि थुप्रै गीत बाहिर ल्याएकी छन् । यसपटक ‘परानी’ गीतबाट ठुलै चर्चा पाउने आस आफुले गरेको राशिले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप