शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन : सुर्खेत सभापतिमा पोखरेल निर्विरोध

थानी पक्षले भन्यो– बेइमानी भयो
आइतबार, १२ मङ्सिर २०७८, १० : ४९
आइतबार, १२ मङ्सिर २०७८

नेपाली काँग्रेस सुर्खेतको सभापतिमा खड्क पोखरेल निर्विरोध निर्वाचित भएका छन् । उनको एकल उम्मेदवारी परे पछि निर्विरोध भएका हुन् । उनी महामन्त्री पूर्णबहादुर खड्का अर्थात देउवा पक्षका नेता हुन् । अन्य पदका लागि भने आज मतदान हुँदैछ । यसअघि शुक्रबार हुने भनिएको काँग्रेसको अधिवेशन विविध कारण आइतबार सरेको हो ।

संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । सह–सचिवमा हरि विष्ट र प्रकाश डिसीको उम्मेदवारी परेको छ । सचिव पदमा उल्लेखित सुवेदी यसअघि सभापतिका लागि तयारी गरिरहेका थिए । अन्तमा आयर उनले सचिवमा उम्मेदवारी दिएर चित्त बुझाउनुपरेको छ । यस्तै पौडेल पक्षले सभापति बाहेकका अन्य पदहरुका लागि उम्मेदवारी दिएको छ । पौडेल पक्षबाट उप–सभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भीमबहादुर शाही र लोकबहादुर पन्तले उम्मेदवारी दर्ता गराएका छन् ।

केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा भएजस्तै सुर्खेतमा संस्थापन पक्षबाट महामन्त्री खड्का र पौडेल पक्षबाट ह्रदयराम थानीबीच कडा प्रतिस्पर्धा हुने गरेको छ ।  यो पटक भने महामन्त्री खड्का पक्षले थानी पक्षलाई नराम्रो तरिकाले हराएको छ । 

थानी पक्ष भन्छ– बेइमानी भयो  
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका ह्रदयराम थानी अर्थात पौडेल पक्षका नेताहरुले सुर्खेतमा चोरबाटोबाट क्रियाशील सदस्य थपेका कारण पौडेल पक्षले हार व्यहोरेको आरोप लगाएको छ ।  पौडेल पक्षका एक स्थानीय नेताको फेसबुक स्टाटस् शेयर गर्दै नेता थानीले पनि सोही कुरामा सहमत जनाएका छन् । 

यस्तो छ स्टाटस् : 

बेइमानीपूर्ण तरिकाले सुर्खेतको वीरेन्द्रनगरमा ७०६ जना क्रियाशील फालेर २०० अखण्डको नाममा १४ वटा वडामा थपेको र अन्य २०० जना जति चोर बाटोबाट क्रियाशिल सदस्य थपेको कारण हो अर्को समूहले हारेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप