बन्दसत्र अघिको रौनक : देउडा नाचदेखि सेलरोटीको खाजा (तस्बिरहरू)
आइतबार, १२ मङ्सिर २०७८, १० : ४२

नेकपा एमालेको १० औँ महाधिवेशन अन्तरगत बन्दसत्र आज पनि सुरु हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य, तीन आयोगका पदाधिकारी र सदस्यहरुको प्यानललाई निर्वाचित गर्ने प्रस्ताव पेस गर्दैछन् । शनिबारको बन्द सत्रले अध्यक्ष ओलीलाई विवादकाबीच पदाधिकारी र सदस्यहरु चयन गर्ने जिम्मा सुम्पिएको थियो ।
महाधिवशेन प्रतिनिधिहरु बन्दसत्र जारी रहेको होटल सेभेन स्टार परिसरमा पुगिसकेका छन् । बैठक १० बजे बस्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । बैठक हुन ढिला भएपछि देउडा नाचेर रमाइलो पनि गरिरहेका छन् । प्रतिनिधिहरुलाई अनेम संघले सेलरोटीको खाजाको व्यवस्था गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको प्रदर्शन आज पनि जारी
-
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरण हुनुपर्छः अध्यक्ष नेपाल
-
एकअर्कालाई हराउँदै प्ले–अफ चरणको यात्रा सहज बनाउने धुनमा दिल्ली र लखनउ
-
‘डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने पक्राउ
-
‘भूठान’ सेन्सर पास
-
एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु