शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बन्दसत्र अघिको रौनक : देउडा नाचदेखि सेलरोटीको खाजा (तस्बिरहरू)

आइतबार, १२ मङ्सिर २०७८, १० : ४२
आइतबार, १२ मङ्सिर २०७८

नेकपा एमालेको १० औँ महाधिवेशन अन्तरगत बन्दसत्र आज पनि सुरु हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य, तीन आयोगका पदाधिकारी र सदस्यहरुको प्यानललाई निर्वाचित गर्ने प्रस्ताव पेस गर्दैछन् । शनिबारको बन्द सत्रले अध्यक्ष ओलीलाई विवादकाबीच पदाधिकारी र सदस्यहरु चयन गर्ने जिम्मा सुम्पिएको थियो ।

महाधिवशेन प्रतिनिधिहरु बन्दसत्र जारी रहेको होटल सेभेन स्टार परिसरमा पुगिसकेका छन् । बैठक १० बजे बस्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । बैठक हुन ढिला भएपछि देउडा नाचेर रमाइलो पनि गरिरहेका छन् । प्रतिनिधिहरुलाई अनेम संघले सेलरोटीको खाजाको व्यवस्था गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप