शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३६ मोडलको एउटै र्‍याम्पमा फेसन शो

आइतबार, १२ मङ्सिर २०७८, १० : ४०
आइतबार, १२ मङ्सिर २०७८

३६ मोडलको एउटै र्याम्पमा  फेसन शो गर्ने भएका छन् । आगामी २४ डिसेम्बर (९ पुस) मा ‘आइसी डिजाइनर रनवे १०’ नामक फेसन शो यी मोडलले एकसाथ र्याम्प शो गर्ने भएका हुन् । विगतका वर्ष झै यस बर्ष पनि आइसी कलेजले नेक्स्ट मोडल्स नेपालको म्यानेजमेन्टमा फेसन शोको आयोजना गर्न लागेको हो ।

शो का लागि नेक्स्ट मोडल्सले हालै अडिसनमार्फत २८ फिमेल र ८ मेल गरेर ३६ मोडल छनौट गरेको छ । होटल हायात रिजेन्सीमा आयोजना हुने फेसन शोमा ७३ जना डिजाइनरले तयार पारेका बिभिन्न आकर्षक पहिरन २१ सिक्वेलमा मोडलहरुले र्याम्पमा प्रस्तुत गर्नेछन् । ७३ जना फेसन डिजाइनर नै आइसी कलेजका १८ औं ब्याजका पास आउट विद्यार्थी हुन् ।

‘आइसी डिजाइनर रनवे’ फेसन शोको मुख्य उदेश्य नेपाली डिजाइनरको प्रचार र नेपाली फेसन प्रति आकर्षक गर्नु रहरेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् । ‘आइसी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो’ उनले थपिन् ।

विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यस वर्ष बिगतकाभन्दा झन् उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप