सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन : बागलुङ काँग्रेसको सभापतिमा पुनः निर्वाचन हुने

आइतबार, १२ मङ्सिर २०७८, १० : ३५
आइतबार, १२ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागलुङ काँग्रेसको सभापतिमा पुनः निर्वाचन हुने भएको छ । तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान हुने भएको हो । 

सभापतिका लागि जगदीशचन्द्र उपाध्याय, द्रोण कुँवर र जीत शेरचन तीन जना उम्मेदवार बनेका थिए । उम्मेदवार उपाध्यायले ७ सय ९०, शेरचनले ६ सय ८६ र कुँवरले १ सय ६४ मत पाएका छन् । उपाध्याय र शेरचन बीच १०४ मतको फरक छ । 

दोस्रो चरणमा धेरै मत ल्याएका जगदीश चन्द्र उपाध्याय र जीतबहादुर शेरचनबीच निर्वाचन हुने निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिए । आजै दुवै जनाबीच मतदान हुने उनको भनाइ छ । नेपाली काँग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था गरेको छ ।

सभापतिका उम्मेदवार उपाध्याय रामचन्द्र पौडेल समूहका नेता हुन् । शेरचन केन्द्रमा कृष्ण सिटौला समूहका नेता हुन् । कुँवर देउवा समूहका हुन । कुँवर देउवा निकटका नेता भए पनि जिल्लाका देउवा समूहले भने शेरचनलाई समर्थन गरेका छन् । 

कुल १७८० मतदाता रहेको बागलुङमा १६८८ मत खसेको थियो भने ४५ मत बदर भएको थियो । नेपाली काँग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था गरेको छ । अन्य पदाधिकारी र सदस्यको मतगणना सभापतिको मतगणनापछि एकै साथ मत गणना गर्ने निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप