बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोट बस दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेलाई हेलिकोप्टरबाट नेपालगञ्ज पठाइँदै

आइतबार, १२ मङ्सिर २०७८, १० : २३
आइतबार, १२ मङ्सिर २०७८

आइतबार बिहान जाजरकोटमा भएको बस दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ। जाजरकोट प्रहरीका अनुसार  मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली, रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ वर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही र सप्तरीका ४० वर्षीया गंगाराम यादव रहेका छन्।

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा भएको हो। बस सडकबाट २ सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाका अनुसार दुर्घटनामा २८ जना घाइते भएका छन् । 

घाइते मध्ये तीन जनाएको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गर्ने तयारी भैरहेको छ। रिफरका लागि हेलिकप्टर माग गरिएको उनले जानकारी दिए । घाइते सबै जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप