ललितपुर काँग्रेस अधिवेशनमा नाराबाजी, उदय शमशेरमाथि हातपातको प्रयास
नेपाली काँग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने क्रममा नाराबाजी भएको हो । काँग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणामाथि वर्तमान जिल्ला सभापति मदन अमात्य समूहले हातपातको प्रयास गरेपछि नाराबाजी भएको हो ।
मतदानका क्रममा प्रचार सामग्रीसहित हलभित्र नजान आग्रह गर्दा अमात्य पक्षका कार्यकर्ताले राणामाथि हातपात गरेका हुन् । राणा पक्षका कार्यकर्ताहरूले ‘गुण्डागर्दी बन्द गर’ भन्दै नाराबाजी गरेका हुन् । जावालाखेलको स्टाफ कलेजमा अहिले मतदान जारी छ । दोस्रो चरणमा सभापतिका उम्मेदवार रामकृष्ण चित्रकार र जितेन्द्र कुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।
केन्द्रमा सभापति शेरबहादुर देउवा समूहमै रहेका राणा र अमात्यले जिल्ला अधिवेशनमा भने छुट्टाछुट्टै प्यानल बनाएका छन् । राणाको समर्थन श्रेष्ठलाई रहेको छ भने अमात्यले चित्रकारलाई सभापतिमा अगाडि सारेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का