
युभेन्ट्स घरेलु मैदानमै स्तब्ध

युभेन्ट्स इटालियन सिरी ‘ए’ को खेलमा घरेलु मैदानमै स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स भ्रमणकारी टोली एटलान्टासँग १–० ले पराजित भएको हो । एटलान्टाको लागि डुमान जापटाले निर्णायक गोल गरेका थिए ।
खराब लयमा रहेको युभेन्ट्सको यो लिगमा पाँचौं हार हो । १४ खेल खेल्दा ६ जित हात पारेको युभेन्ट्स २१ अंक सहित छैटौं स्थानमा छ । शनिबारनै भएको अर्काे खेलमा इन्टर मिलानले भेनेजियालाई उसकै मैदानमा २–० ले पराजित गरेको छ । इन्टरको जितमा हकान चलहानो ग्लु र लोउटारो मार्टिनेजले समान १ गोल गरे । जितपछि इन्टर १४ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा छ । सिरीमा १३ खेल खेल्दा १० जित निकालेको नापोली ३२ अंक सहित शीर्ष स्थानमा छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ