शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिका–नेदरल्याण्ड विमानमा ६१ जना कोभिड संक्रमित भेटिए

आइतबार, १२ मङ्सिर २०७८, ०९ : ००
आइतबार, १२ मङ्सिर २०७८

दक्षिण अफ्रिकाबाट दुईवटा विमानमार्फत् एम्सटरड्याम पुगेका ६१ जनामा कोरोना संक्रमण देखिएको डच अधिकारीले जानकारी दिएका छन् ।

उनीहरु सबैलाई स्किफोल विमानस्थल नजिकैको एउटा होटलमा  आइसोलेशनमा राखिएको छ ।

कोरोनाभाइरसको परीक्षणका लागि थुप्रै घण्टासम्म होल्डमा राखिएका ६ सय यात्रीमध्ये ६१ जनामा संक्रमण देखिएको थियो ।

डचका स्वास्थ्य अधिकारीले नयाँ देखिएको ओमिक्रोन भेरियन्ट तीमध्ये केहीमा देखिएको हुनसक्ने आँकलन गरेका छन् ।

बेलायत र जर्मनीलगायतका अन्य युरोपेली देशले आफ्नोमा ओमिक्रोन भेरियन्ट देखिएको पुष्टि गरिसकेको छ ।

ओमिक्रोन भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ । दक्षिण अफ्रिकामा बुधबार मात्र यसको पहिलो केस पत्ता लागेको थियो । त्यसको नमुुना गत कात्तिक २३ गते संकलन गरिएको थियो ।

एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने हुँदा सम्भावित प्रभावबारे वैज्ञानिकहरुले यसमा चिन्ता व्यक्त गरेका छन् । चार दिनको अवधिमा अफ्रिकासहित हङकङ, बेल्जियम, वोल्सवाना र इजरायलमा समेत संक्रमण पुष्टि भइसकेका ेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप