बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चीन र उत्तर कोरियामाथि बोल्दै जापानी प्रधानमन्त्रीले किन गरे हमलाको कुरा ?

आइतबार, १२ मङ्सिर २०७८, ०८ : २०
आइतबार, १२ मङ्सिर २०७८

जापानका प्रधानमन्त्री फुमियो किशिदाले अस्थिर सुरक्षा स्थितिसँग जुध्नका लागि आफ्नो देशको सेनालाई थप बलियो बनाउने बताएका छन् ।

यसमा चीन र उत्तर कोरियाको तर्फबाट निम्तिँदै गरेको खतरा समावेश भएको उनले बताएका छन् ।

जापानमा प्रधानमन्त्री फुमियो किशिदाले आफूले सबै विकल्पबारे सोच्नेसमेत बताएका छन् । यसमा शत्रुका बासस्थानमा हमला गर्ने पनि समावेश छ ।

यद्यपि, एक सैन्य क्षेत्रमा दिएको भाषणमा प्रधानमन्त्री किशिदाले चीन र उत्तर कोरियाको तर्फबाट गरिँदै आएको सैन्य विस्तारका कारण उनी देशको सुरक्षाको विषयमा चिन्तित भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप