यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ ।
अमेरिका, बेलायत, स्वीट्जरल्यान्ड, युरोपेली युनियनलगायत केही देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । बेलायतमा दुई जनामा यो भाइरस देखिएको छ । दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीका नागरिकलाई विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका हुन् ।
ओमिक्रोन भेरियन्टको जोखिम उच्च भएको भन्दै सावधानी दर्शाउन डब्लूएचओले सबै देशलाई निर्देशन दिएको छ । यो भेरियन्ट ठूलो संख्यामा उत्परिवर्तन भएको पनि डब्लूचएओको भनाई छ । डब्लूएचओले शुक्रवार द्य।ज्ञ।ज्ञ।छद्दढ नाम दिइएको भेरियन्टका कारण दक्षिण अफ्रिकाका सबै जसो राज्यहरूमा सक्रमण बढेको जनाएको थियो । वैज्ञानिकहरूले यो भेरियन्टबारे थप अध्ययन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा