जाजरकोटमा बस दुर्घटना, ५ जनाको मृत्यु
आइतबार, १२ मङ्सिर २०७८, ०७ : ५७

जाजरकोटमा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जाजरकोटका डीएसपी मधु कुमार थापाका अनुसार दुर्घटनामा २७ जना घाइते छन्। घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।
नेपालगन्जदेखि जाजरकोटको रिडीबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराह चौक नजिक दुर्घटना भएको हो। दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट १० किलोमिटर पश्चिममा पर्दछ । घटनाको थप विवरण आउन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संघ संस्थामाथिको हमला लोकतन्त्र माथिको हमला’
-
‘निजीकरण (पहिलो संशोधन) विधेयक’ विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
नाइटक्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु, १ सयभन्दा घाइते
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
-
मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छः प्रधानसेनापति
-
हरिवंशले सुरु गरे ‘हरिबहादुरको जुत्ता’को डबिङ